Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अहिलेसम्मकै सर्वाधिक आर्थिक सहयोग प्याकेजमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरे

अहिलेसम्मकै सर्वाधिक आर्थिक सहयोग प्याकेजमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरे

images

एजेन्सी

२८, फाल्गुण २०७७
अहिलेसम्मकै सर्वाधिक आर्थिक सहयोग प्याकेजमा राष्ट्रपति बाइडेनले हस्ताक्षर गरे
images

अमेरिकी राष्ट्रपति जो बाइडेनले १ दशमलव ९ ट्रिलियन डलरको आर्थिक राहत विधेयकमा हस्ताक्षर गरेका छन् । कोभिड–१९ महामारीबाट प्रभावित भएका अमेरिकी नागरिकहरुलाई सहयोग गर्नका लागि राष्ट्रपति बाइडेनले आर्थिक राहत विधेयकमा हस्ताक्षर गरेका हुन ।

राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेलगत्तै विधेयकले कानूनी रुप ग्रहण गरिसकेको छ । यो विधेयकमा १४ सय डलरको भुक्तानी, बेरोजगार भत्ताहरुको विस्तार, चाइल्ड ट्याक्स क्रेडिट जस्ता योजनाहरु पनि समावेश छन्ज । यसबाट के अनुमान लगाउन सकिन्छ भने यसले करोडौं मानिसहरुलाई गरिबीबाट बाहिर निकाल्ने छ ।

राष्ट्रपति बाइडेनले राहत प्याकेजले देशको आर्थिक मेरुदण्डलाई पुनः गतिशिल बनाउने बताएका छन । यो खर्चहरुको विधेयकलाई अमेरिकी इतिहासकै सबैभन्दा ठूलो राशीको विधेयक भएको बताइएको छ । विधेयकलाई अमेरिकी संसदको दुवै सदनले पारित गरिसकेको छ ।

बाइडेनले यो विधेककका थुप्रै प्रावधानहरुका बारेमा जानकारी गराउन आज देशलाई सम्बोधन गर्दैछन् । राष्ट्रपति बाइडेन र अन्य डेमोक्रेट नेताहरु आज ह्वाइट हाउसमा आयोजना हुने एक हस्ताक्षर समारोहमा समेत भाग लिनेछन् । यो छैठौं कोभिड–१९ राहत विधेकलाई बाइडेनको विधायीकी जीत पनि भनिएको छ । किनकी यो प्याकेजलाई आम अमेरिकी नागरिकहरुले समर्थन गरेका छन ।

पिउ रिसर्च सेन्टरको एउटा सर्वेक्षण अनुसार ७० प्रतिशत अमेरिकी युवाहरुले विधेयकको समर्थन गरेका थिए । समर्थन गर्नेहरुमा ४१ प्रतिशत रिपब्लिकनहरु पनि समावेश रहेको मार्केट वाचले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७७ शुक्रवार - ०८:१५:५३ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology