जारी आइपिएल अन्तर्गत कोलकाता नाइट राइडर्स र पञ्जाव किंग्सबीचको खेल वर्षाले रद्द भएको छ । गएराति कोलकोताको इडन गार्डेनमा बर्षाका कारण खेल रद्ध भएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको कोलकोताले ३.४ ओभरमा २ विकेट गुमाउँदै २५ रन बनाउदा वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुने सम्भावना बनेन र खेल रद्द गरिएको थियो । खेल रद्द भएपछि दुवैले एक/एक अंक बाँडेका छन् ।
यो खेलपछि कोलकाताले पहिलो अंक हासिल गरेको छ । कोलकाताको ३ खेलमा एक अंक भएको छ र आठौँ स्थानमा रहेको छ । त्यस्तै पञ्जाव किंग्सको भने ३ खेलमा ५ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ ।