Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सप्तरीमा गाईको मासुसहित एक पक्राउ

सप्तरीमा गाईको मासुसहित एक पक्राउ

इच्छाकामना न्युज

२३, चैत्र २०८२
सप्तरीमा गाईको मासुसहित एक पक्राउ
images

विनय कर्ण, कल्याणपुर (सप्तरी)। सप्तरी प्रहरीले गाईको मासुसहित एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । जिल्लाको राजविराज नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय रहमत अलीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो ।

images
images

आइतबार विराटनगरबाट राजविराज आउँदै गरेको विङगर गाडीलाई हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ स्थित दिउँसो १ः३० बजे चेकजाँच गर्ने क्रममा गाईको मासु जस्तो देखिने पदार्थसहित अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उहाँले बसेको सिटमुनी लुकाएर राखिएको अवस्थामा गाईको मासु जस्तो देखिने १३ किलो ५ सय ग्राम पदार्थ फेला परेको थियो ।

घटनाबारे थप अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो । 

images
प्रकाशित मिति :चैत्र २३, २०८२ सोमवार - ०९:३८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology