Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

इन्धन संकट चलिरहदा इच्छाकामना गाउँपालिकाद्वारा वडा नं. ७ मा ८० प्रतिशत अनुदानमा विद्युतिय चुल्हो वितरण

इन्धन संकट चलिरहदा इच्छाकामना गाउँपालिकाद्वारा वडा नं. ७ मा ८० प्रतिशत अनुदानमा विद्युतिय चुल्हो वितरण

इच्छाकामना न्युज

२१, चैत्र २०८२
इन्धन संकट चलिरहदा इच्छाकामना गाउँपालिकाद्वारा वडा नं. ७ मा ८० प्रतिशत अनुदानमा विद्युतिय चुल्हो वितरण

सिमलढाप । मध्यपूर्व युद्धका कारण चौतर्फी संकट चलिरहेको बेला चितवनको इच्छाकामना गाउँपालिकाले ८० प्रतिशत अनुदानमा आफ्ना नागरिकलाई विद्युतीय चुल्हो वितरण गरिरहेको छ । जसअन्तर्गत शुक्रबार वडा नं. ७ स्थित सिमलढापमा उक्त वडाका स्थानीयहरुलाई चुल्हो वितरण गरेको हो ।

images

उक्त कार्यक्रम अन्तर्गत यसअघि वडा नं. ३, ४, ५ र ६ नं. वडाका स्थानीयलाई चुल्हो वितरण गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । उनका अनुसार सबै वडामा गरि गाउँपालिकाले पहिलो चरणमा करिब ७०० थान विद्युतीय चुल्हो वितरण गरिनेछ ।

यस्तै गाउँपालिकाले हाल पहिलो चरणमा असोजमा माग गरेका स्थानीयहरुलाई वितरण गरिएको र दोस्रो चरणको लागि यतिबेला धमाधम स्थानीयको माग अनुसार निवेदन लिने काम भैरहेको र माग अनुसार थप विद्युतीय चुल्हो वितरण गरिने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा गाउँपालिकाले ८० प्रतिशत अनुदानमा स्थानीयलाई वितरण गरिएको उक्त विद्युतीय चुल्होको लागि स्थानीयले २० प्रतिशतले हुन आउने रकम प्रतिचुल्हो ८६५ रुपैयाँ लागत भने व्यहोर्नुपर्नेछ ।

images
प्रकाशित मिति :चैत्र २१, २०८२ शनिवार - ०८:४३:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology