Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आइपिएलमा हैदराबादको पहिलो जित

आइपिएलमा हैदराबादको पहिलो जित

एजेन्सी

२०, चैत्र २०८२
आइपिएलमा हैदराबादको पहिलो जित
images

प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित दर्ता गरेको छ ।  गार्डेनमा गएराति भएको खेलमा हैदराबादले  कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको हो । 

images
images

सनराइजर्सले यसअघिको पहिलो खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुसँग ६ विकेटको हार व्यहोरेको थियो ।

कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा सनराइजर्सले प्रस्तुत गरेको २२७ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्र जोड्न सक्यो ।

कोलकातालाई सस्तैमा रोक्न सनराइजर्सका जयदेव उनाड्कटले सर्वाधिक तीन विकेट लिए । तीन ओभर बलिङ गरेका उनाड्कटले २१ रन खर्चिए ।

 

इशान मलिंगा र नितिसकुमार रेड्डीले समान दुई विकेट लिँदा हर्ष दुबेले एक विकेट लिए ।

कोलकाताका निम्ति अग्ंकृष रघुवंशीले ५२ रनको अर्धशतकीय इनिङ खेले। रघुवंशीले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । रिंकु सिंहले ३५ रन जोडे । ओपनर फिन एलनले २८, सुनिल नराईनले १२ र रमानदीपले १० रन बनाए ।

त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको सनराइजर्सले कोलकाताविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २२६ रनको विशाल योगफल खडा गरेको थियो ।

सनराइजर्सका हेनरी क्लासनले सर्वाधिक ५२ रन बनाए । क्लासनले ३५ बलमा चार चौका र एक छक्का प्रहार गरे । ओपनर अभिषेक शर्माले ४८ रन बनाए । ट्राभिस हेडले ४६, नितिसकुमार रेड्डीले ३९ र कप्तान इशान किसनले १४ रन बनाए । कोलकाताका ब्लेसिङ मुजरबानीले सर्वाधिक चार विकेट लिए ।

कोलकाताको प्रतियोगितामा यो लगातार दोस्रो हार हो । सनराइजर्सले यसअघि पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ६ विकेटको हार व्यहोरेको थियो । प्रतियोगिता अन्तरगत आज पञ्जाब किङ्स र चेन्नई सुपर किङ्सबीच खेल हुनेछ । 

images
प्रकाशित मिति :चैत्र २०, २०८२ शुक्रवार - ०७:४९:१२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology