Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

ऐतिहासिक संरचनाहरुको संरक्षण गर्न शहिद लखन गाउँपालिका प्रतिबद्ध छः अध्यक्ष थापा

ऐतिहासिक संरचनाहरुको संरक्षण गर्न शहिद लखन गाउँपालिका प्रतिबद्ध छः अध्यक्ष थापा

images

इच्छाकामना न्युज

२७, फाल्गुण २०७७
ऐतिहासिक संरचनाहरुको संरक्षण गर्न शहिद लखन गाउँपालिका प्रतिबद्ध छः अध्यक्ष थापा
images

घैरुङ, २७ फागुन । गोरखाको शहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले ऐतिहासिक संरचनाहरुको संरक्षण गर्नका लागि गाउँपालिकाप्रतिबद्ध रहेको बताएका छन्। बि.सं १८८८ मा भीमसेन थापाद्वारा निर्मित भीम बिरेश्वर महादेब मन्दिर बुंकोटघाटमा आज आयोजित महाशिवरात्री विशेष कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो कुरा बताएका हुन्। कार्यक्रमलाई सम्बोन्धन गर्दै अध्यक्ष थापाले भीम विरेश्वर महादेव मन्दिर संरक्षणका लागि पालिकाले यस अघि पनि सहयोग गरेको र पुनः सहयोग गर्दै जाने बताए।  

158915917_831619410721751_3574825019500637710_n.jpg

शहिद लखन गाउँपालिका वडा नम्बर ९ नामजुङ स्थित बुँकोटघाटमा रहेको उक्त मन्दिर नेपालका प्रथम प्रधानमन्त्री  भीमसेन थापाले निर्माण गरेका हुन्। १९० वर्ष पुरानो उक्त मन्दिर  बुढीगण्डकी नदि, वही खोला र  मस्तेखोलाको सगमस्थलमा रहेको छ।

बुढीगण्डकी जलविद्युत परियोजनाका कारण मन्दिर क्षेत्र डुवानमा पर्ने भएपछि मन्दिरमा भएका सामग्रीहरु स्थानीय तहको रोहवरमा स्थानीयहरुले संरक्षण गर्न थालेका छन्। मन्दिरलाइ नयाँ ठाउँमा स्थापित गर्नका लागि गाउँपालिकाबाट जग्गा व्यवस्थापन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष रमेश थापा मगर बताउँछन्। मन्दिर निर्माण समितिले मन्दिरमा भएका महत्वपूर्ण सामग्रिहरुको सँरक्षण गरिरहनु भएको छ, जग्गा व्यवस्थापन भएपछि पुरानै अवस्थाको मन्दिर पुनः बनाइने थापाले बताए।

mahila.jpg

भीम विरेश्वर महादेव मन्दिर व्यवस्थापन गुठि का अध्यक्ष  सुरेन्द्रि थापाको अध्यक्षतामा भएको कार्यक्रममा शहिद लखन वडा नम्बर १ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, ज्वालामुखि गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष  प्रमुख अथिति राम प्रसाद ज्वालामुखि गाउँपालिका वडा नम्बर छ का वडा अध्यक्ष कृष्ण प्रसाद काप्री लगायतले मन्दिरको संरक्षणका बारेमा आफ्ना धारणा राखेका थिए।

महाशिवरात्री पर्वको अवसर पारेर गुठि व्यवस्थापन समितिले एक दिने शिव पुराण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा महिलाहरुले पुजाअर्चना साथै भजनकृतन  गरेका थिए । शिवरात्रिका दिन पारेर हरेक वर्ष यस क्षेत्रमा धार्मिक मेला लाग्ने गर्दछ ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७७ बिहिवार - २१:०८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology