आँबुखैरेनी, २७ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकालाई नगरपालिका बनाउने लक्ष्य राखेको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले बताउनुभएको छ। के.सी. ग्रुपले सञ्चालनमा ल्याएको आँबुखैरेनीकै पहिला स्विमिङ पुल सहितको पार्टी प्यालेस माई छिम्केश्वरी पार्टी प्यालेस एण्ड रेष्टुरेण्टको समुद्घाटन गर्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो।
कार्यक्रमलाई सम्बोन्धन कै क्रममा गाउँपालिका अध्यक्ष थापाले आँबुखैरेनी विगतमा पनि एकपटक नगरपालिका भैसकेको सरकारको नयाँ संरचना अनुसार गाउँपालिका भएको स्मरण गराउदै आँबुखैरेनीमा नगरपालिका बनाउनका लागि आवश्यक पूर्वाधारहरु बन्दै गरेको उहाँले बताउनुभयो।