Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी गाउँपालिकाका नागरिकले अब वडामै न्याय पाउने

आँबुखैरेनी गाउँपालिकाका नागरिकले अब वडामै न्याय पाउने

चित्र बहादुर गुरुङ

२८, आश्विन २०७७
आँबुखैरेनी गाउँपालिकाका नागरिकले अब वडामै न्याय पाउने
images

आँबुखैरेनी, २८ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिकाका नागरिकले अब वडास्तरमा नै न्याय पाउने भएका छन्। गाउँपालिकाले पछिल्लो समय ६ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरेसँगै नागरिकहरुले वडास्तरमा नै न्याय पाउने भएका हुन्। 
स्थानीय स्तरमा हुने स–साना झगडा, विवाद लगायतका कुराहरु वडा स्तरमा नै समाधान गर्नका लागि गाउँपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार न्यायिक समितिमा न्याय सम्पादनको चाप कम गर्न, सामान्य झैझगडा र विवादहरुलाई वडाबाटै मेलमिलाप गरि समाधान गर्न सहज हुने भएकाले प्रत्येक वडामा एक जना मेलमिलाप संयोजक र वडा हेरी न्युनतम ३ देखि ५ जनासम्म सदस्य रहने गरी ४० जना मेलमिलाप सहजकर्ताहरुको नियुक्त गरिएको छ। 
उनीहरुलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, आँबुखैरेनी गाउँपालिका र जाईका नेपालले ६ दिने प्रशिक्षण समेत दिईसकेको छ भने शपथ ग्रहण गराई प्रमाणित समेत गरिसकेको छ। अहिलेसम्म सामान्य विवादको मेलमिलाप समेत न्यायिक समितिबाट भैरहेकोमा मेलमिलाप कर्ताहरुको नियुक्ति सँगै अब वडाबाटै विवाद समाधानका कामहरु सुरु गर्न सकिने भएको छ। 

images
images

images
प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - ०९:१०:०३ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology