आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–३, आँबुगाउँस्थित आँबु आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिमाया आले निर्विरोध चयन हुनुभएको छ।
नवगठित समितिमा कुल ९ सदस्य रहेका छन्। सदस्यहरूमा धनमाया मगर, गान्दिरा कुमारी ह्ययु, पदमराज काफ्ले, मैना आले, धन नारायण श्रेष्ठ, वडा प्रतिनिधि मनोज कुमार श्रेष्ठ, शिक्षक प्रतिनिधि रन्जना भट्टराई तथा सदस्य सचिव प्रेम कुमारी थापा (दर्लामी) रहनुभएको छ।
अभिभावक भेला लक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वडा सदस्य मनोजकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले विद्यालय तथा विद्यार्थीहरूको हकहितका लागि सधैं प्रतिबद्ध रहने धारणा व्यक्त गर्नुभयो।