मायाटार । चितवनको इच्छाकामना गाउँपालिका वाड नं २ स्थित मायाटारमा अन्तराष्ट्रिय महिला दिवस मनाईएको छ । वडा कार्यालयको संयोजनमा AWO इन्टरनेश्नल र विकासका लागी ग्रामिण कल्याण तथा कृषि सुधार समूह (फरवाड नेपाल) को सहकार्यमा इच्छाकामना गाउँपालिकामा संचालित ‘दिगो आर्थिक विकासका लागी आप्रवासी शसक्तिकरण (मीड) परियोजना’ सहकार्यमा एक कार्यक्रमको आयोजना गरि मार्च ८ अर्थात आईतबार दिवस मनाईएको हो । कार्यक्रमको अवसरमा प्ले कार्ड तथा ब्यानर सहित मायाँटार गाउँ ¥याली परिक्रमा गरी स्वास्थ्य चौकीको प्रांगणमा कोण सभा गरीएको थियो ।

इच्छाकामना गाउँपालिकाको पर्यटकिय होमस्टे रहेको मायाटारमा आयोजना गरिएको कार्यक्रमको सभापतित्व वडा नं २ का वडाध्यक्ष पन्च बहादुर प्रजा रहेको थियो भने स्थानिय महिला अगुवा हिमा गुरुङले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा फरवार्ड नेपालका परियोजना संयोजक ऋषिकेश ढकालले महिला दिबसको ऐतिहासिक पृष्ठभूमी, नेपालको परिप्रेक्ष्यमा महिला र अझै सिमान्तकृत महिलाको हक अधिकार, मिड परियोजनाको उद्देश्य बारे प्रकाश पार्दै उनले आप्रवासन लाई सुरक्षित बनाउने सरकारका प्रयास र नागरिकहरुका कर्तब्यकाबारे समेत प्रष्ट पारेका थिए । यस महत्वपूर्ण दिवसले महिला अधिकार, समानता, न्याय र सशक्तिकरणका लागि विश्वभर भएका संघर्ष र उपलब्धिहरूलाई स्मरण र समान गर्नुपर्ने बताउदै समस्त नारी, आमा दिदी बहीनीहरुलाई उनले शुभकामना दिए ।
कार्यक्रमका सभापति एवं वडा नं. २ का वडाध्यक्ष पञ्च बहादुर प्रजाले ११६ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको बारेमा चर्चा गर्दै इच्छाकामना गाउँपालिकाले महिलाहरुका लागि गरेका नीति तथा कार्यक्रमको प्रकाश पारेका थिए । साथै उनले उपस्थित सम्पूर्ण महिला दिदी बहिनी र सहयोगी संस्था फरवार्ड नेपाललाई धन्यवाद दिए ।