Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्लेको जित सुनिश्चित

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्लेको जित सुनिश्चित

इच्छाकामना न्युज

२३, फाल्गुण २०८२
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्लेको जित सुनिश्चित
images

पोखरा । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जित सुनिश्चित गरेका छन् । १४ हजार मत गणना बाँकी रहँदा १७ हजार बढी मतान्तर भइसकेको छ । 

images
images

एक लाख २६ हजार ८८२ मतदाता रहेकोमा यो क्षेत्रमा ६८ हजार १२९ मत खसेको थियो । पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार रास्वपाका स्वर्णिमले ३० हजार ५ मत प्राप्त गरेका छन् ।  

१७ हजार ११३ मतान्तर छ । ५३ हजार ५७८ गणना भएको हो । अब १४ हजार ५५१ मत गन्न बाँकी छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ८८७, नेकपा एमालेकी भगवती न्यौपानेले ४ हजार १८, नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकालले २ हजार १२५ मत पाए । 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ६७२, उज्यालो नेपाल पाटीका मञ्जिल रानाको ४११, श्रम संस्कृति पार्टीका काशीराम गुरुङले ८६१ मत पाएका छन् । यो क्षेत्रमा  १६ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन् ।

 

images
प्रकाशित मिति :फाल्गुण २३, २०८२ शनिवार - ०९:२९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology