Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

निर्वाचन अवधिभर गण्डकी गाउँपालिकामा २४ सै घण्टा एम्वुलेन्स सेवा

निर्वाचन अवधिभर गण्डकी गाउँपालिकामा २४ सै घण्टा एम्वुलेन्स सेवा

इच्छाकामना न्युज

२०, फाल्गुण २०८२
निर्वाचन अवधिभर गण्डकी गाउँपालिकामा २४ सै घण्टा एम्वुलेन्स सेवा
images

बनटार । निर्वाचन अवधिभर स्वास्थ्य उपचारको आकस्मिक अवस्था परेमा गण्डकी गाउँपालिकाका तीन वटा स्वास्थ्य संस्थाबाट २४ सै घण्टा एम्वुलेन्स सेवा उपलब्ध हुने भएको छ । मंगलवार एक सूचना जारी गर्दै पालिकाले निर्वाचन अवधिभर मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्र, भुम्लिचोक स्वास्थ्य चौकी र दर्बुङ स्वास्थ्य चौकीको एम्बुलेन्स २४ सै घण्टा उपलब्ध हुने जनाएको छ ।

images
images

‘निर्वाचन अवधिभर आवश्यक पर्नसक्ने अत्यावश्यक स्वास्थ्योपचारका लागि तथा कुनै आकस्मिक अवस्था परेमा पालिकाबाट एम्वुलेन्स सेवा २४ सै घण्टा र अन्य सवारीसाधनहरुको व्यवस्था हुने कुरा जानकारी गराउँदछौ,’ सूचनामा उल्लेख छ ।

साथै पालिकाले बिहीवारको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न पालिकावासीलाई अनुरोध समेत गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०८२ बुधवार - ११:०५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology