Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजदेखि एकसाता लामो सार्वजनिक बिदा

आजदेखि एकसाता लामो सार्वजनिक बिदा

इच्छाकामना न्युज

१८, फाल्गुण २०८२
आजदेखि एकसाता लामो सार्वजनिक बिदा
images

काठमाडौं । आजदेखि एकसाता लामो सार्वजनिक बिदा सुरु भएको छ ।  फगुपूर्णिमा, निर्वाचन, महिला दिवस र शनिवारसमेत जोड्दा आजदेखि लगातार सात दिन सार्वजनिक बिदा हुने भएको हो ।

images
images

यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । यही फागुन २०, २१ र २२ गते तीन दिन सरकारले निर्वाचन बिदा दिएको छ । 

निर्वाचनको बिदा सुरु हुनुअघि आज र भोलि होली पर्व परेको छ । होलीका लागि आज फागुन १८ गते पहाडी जिल्लामा सार्वजनिक बिदा छ भने भोलि फागुन १९ गते तराईका जिल्लामा सार्वजनिक बिदा छ । 

फागुन २३ गते शनिवार परेको छ। फागुन २४ गते नारी दिवस परेको छ। हरेक वर्ष संसारभर ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ । त्यो दिन पनि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । 

नेपाल राष्ट्र बैङ्कले भने होली र निर्वाचनका सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०८२ सोमवार - १०:२२:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology