Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

खामेनी हत्याको बदला लिन हिज्बुल्लाहले इजरायलमा हान्यो क्षेप्यास्त्र

खामेनी हत्याको बदला लिन हिज्बुल्लाहले इजरायलमा हान्यो क्षेप्यास्त्र

एजेन्सी

१८, फाल्गुण २०८२
खामेनी हत्याको बदला लिन हिज्बुल्लाहले इजरायलमा हान्यो क्षेप्यास्त्र
images

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हत्याको बदला लिन भन्दै लेबनानबाट हिज्बुल्लाहले इजरायलमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ। जवाफमा अहिले लेबनानका लक्ष्यहरूमा इजरायलले पनि आक्रमण गरिरहेको इजरायली सेनाले विज्ञप्तिमार्फत जनाएको छ। 

images
images

हिज्बुल्लाहले इरानका सर्वोच्च नेता खामेनीको हत्याको बदला लिन आफूले इजरायलमा आक्रमण गरेको पुष्टि गरेको छ।इजरायली सेनाका अनुसार, क्षेप्यास्त्र इजरायलका खुला क्षेत्रमा खसेका थिए।

हिज्बुल्लाह शिया मुस्लिम राजनीतिक र सैन्य संगठन हो, जसलाई इरानबाट बलियो समर्थन प्राप्त छ। उक्त संगठनले इजरायलको अस्तित्वको अधिकारको विरोध गर्छ। 

अमेरिका र इजरायलले शनिबार इरानमा संयुक्त हवाई हमला गर्दा त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिएका छन्। 

जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका यूएईलगायत खाडी मुलुकमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ। यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण जारी रहने बताएका छन्।

images
प्रकाशित मिति :फाल्गुण १८, २०८२ सोमवार - १०:२०:५२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology