Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

यूएईस्थित नेपाली दूतावासको आग्रहः अत्यावश्यक नभई सेवा लिन नआउनू

यूएईस्थित नेपाली दूतावासको आग्रहः अत्यावश्यक नभई सेवा लिन नआउनू

images

इच्छाकामना न्युज

१८, फाल्गुण २०८२
यूएईस्थित नेपाली दूतावासको आग्रहः अत्यावश्यक नभई सेवा लिन नआउनू
images

काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले अत्यावश्यक नभएसम्म नेपाली राजदूतावास र महावाणिज्य दूतावास दुबईबाट प्रदान गरिने सेवाका लागि नआउन आग्रह गरेको छ ।

दूतावासले सूचना जारी गरेर आजदेखि २० गतेसम्म नेपाली राजदूतावास अबुधाबी तथा नेपाली महावाणिज्य दूतावास दुबईबाट प्रदान गरिने राहदानी, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामालगायत कन्सुलर सेवाहरू आफूलाई तत्कालै आवश्यक भए मात्र दूतावास÷महावाणिज्यदूतावासमा आउन भनेको हो ।

यूएई सरकारका आधिकारिक निकायले अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित स्थानमा रहन र संयमता अपनाउन सुरक्षा मापदण्ड जारी गरेको दूतावासले स्मरण गराएको छ । ‘केही दिन धैर्य गरी परिस्थिति सहज भएपछि आफ्ना कामका लागि दूतावास÷महावाणिज्यदूतावासमा आउनु उपयुक्त हुने व्यहोरा अनुरोध गरिन्छ,’ दूतावासले भनेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०८२ सोमवार - १०:०३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology