Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

ट्युनिसियाको सामुद्रिक क्षेत्रमा डुंगा दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु 

ट्युनिसियाको सामुद्रिक क्षेत्रमा डुंगा दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु 

images

एजेन्सी

२६, फाल्गुण २०७७
ट्युनिसियाको सामुद्रिक क्षेत्रमा डुंगा दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु 
images

ट्युनिसियाको सामुद्रिक क्षेत्रमा डुंगा दुर्घटना हुँदा कम्तिमा १४ जना आप्रवासीको मृत्यु भएको छ। ट्युनिसियाली राष्ट्रिय सुरक्षा गार्डका अनुसार अत्यधिक भारका कारण डुंगा दुर्घटनामा परेको हो। दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने १ सय ३९ को उद्दार गरिएको छ ।

राष्ट्रिय सुरक्षा गार्डका प्रवक्ता ह्युसेम एडिन जबालीका अनुसार डुंगा सोमबार राति अफ्रिकी साहारा क्षेत्रबाट छुटेको थियो। गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा युरोप प्रवेश गर्नका लागि अफ्रिकी आप्रवासी शरणार्थीहरू ढुंगामा सवार थिए। सुरक्षा निकायले तत्कालै उद्दारको काम गरेकाले धेरैको ज्यान जोगिएको बीबीसीले लेखेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - ०९:०५:३७ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology