Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मार्किचोक स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रमा ‘सटडाउन, मर्मत कार्य जारी

मार्किचोक स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रमा ‘सटडाउन, मर्मत कार्य जारी

इच्छाकामना न्युज

१५, फाल्गुण २०८२
मार्किचोक स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रमा ‘सटडाउन, मर्मत कार्य जारी
images

अमरराज नहर्की, तनहुँ । तनहुँको आँबुखैरेनी गाँउपालिका–४, मर्स्याङ्दी जलविद्युत् केन्द्रले आफ्नो उत्पादन क्षमता र संरचनाको दिगोपनका लागि ‘प्लान्ट सटडाउन’ लिएर व्यापक मर्मत सम्भार सुरु गरेको छ । फागुन २ गतेदेखि २१ दिनका लागि सुरु गरिएको केन्द्रले जनाएको छ ।

images
images

६९ मेगावाट क्षमताको यो केन्द्र प्राधिकरणका विद्युत् गृहहरूमध्ये वार्षिक उत्पादनका दृष्टिले दोस्रो ठुलो केन्द्र हो । नदीमा पानीको बहाव न्यूनतम रहने र उत्पादन कम हुने सुख्खायामलाई सदुपयोग गर्दै वर्षौँदेखि थाती रहेका जटिल सिभिल मर्मतका कार्यहरूलाई अहिले प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

fd3cd055-5188-46d1-acd1-774d50510042.jpg

केन्द्र प्रमुख कपिलदेव मानजनका अनुसार विगत लामो समयदेखि बाँधस्थल (ड्याम साइट) को माथिल्लो तटीय क्षेत्र र डिसेन्डर नजिक भइरहेको कटानले गर्दा जोखिममा परेको संरचनाको संरक्षण कार्य अहिले मुख्य प्राथमिकतामा छ । यसका साथै विगत १४ वर्षदेखि सञ्चालनमा आउन नसकेको ‘अन्डर स्लुइस’ गेटको मर्मत र क्षतिग्रस्त संरचनाको जीर्णोद्धार कार्य पनि भइरहेको छ । यो गेटले बालुवा तथा ढुङ्गाहरूलाई विद्युत् गृहको सुरुङभित्र छिर्न नदिन महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । मर्मतका क्रममा मुख्य इन्टेक नजिक रहेको ‘कम्पनसेटिङ’ पोखरीमा थुप्रिएको बालुवा निकाल्ने र युनिट नं. ३ को पूर्ण ओभरहलिङ गर्ने कार्य पनि सँगसँगै अगाडि बढाइएको छ ।

मर्मत कार्यलाई तोकिएको समयभित्रै सम्पन्न गर्न ड्याम साइटमा तीन सिफ्टमा कर्मचारी र कामदारहरू परिचालन गरी २४ सै घण्टा काम भइरहेको छ । युनिट नं. ३ को ओभरहलिङका लागि बाह्य जनशक्तिमा भर नपरी यसै केन्द्र र अन्य जलविद्युत् केन्द्रका आफ्नै दक्ष प्राविधिकहरूलाई सङ्लग्न गराइएको छ । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनले गर्दा ठेकेदारलाई जनशक्ति व्यवस्थापनमा केही चुनौती देखिए पनि सबै पक्षको समन्वयमा कामलाई द्रुत गति दिइएको केन्द्र प्रमुख मानजनले जानकारी दिनुभयो ।

मानजनका अनुसार गत आर्थिक वर्षमा ४५१.७ गिगावाट घण्टा विद्युत् उत्पादन गरेको यस केन्द्रले चालु आर्थिक वर्षको माघ मसान्तसम्म २९३.५ गिगावाट घण्टा उत्पादन गरिसकेको छ । लामो समयदेखि रोकिएका यी मर्मत कार्यहरू सम्पन्न भएपछि प्लान्टको सुरक्षा र उत्पादन क्षमतामा थप सुधार आउने अपेक्षा गरिएको छ । प्राधिकरणको उच्च व्यवस्थापनले यी कार्यहरूको गम्भीरतालाई बुझेर आवश्यक सटडाउन उपलब्ध गराएपछि अहिले विद्युत् गृहका इलेक्ट्रिकल र मेकानिकल लगायतका सबै प्राविधिक समस्याहरूको समाधान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण १५, २०८२ शुक्रवार - १२:२०:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology