Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज दमक र गौरीगञ्जका मतदातासँग फेस-टु-फेस’ संवाद गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली

आज दमक र गौरीगञ्जका मतदातासँग फेस-टु-फेस’ संवाद गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली

इच्छाकामना न्युज

१३, फाल्गुण २०८२
आज दमक र गौरीगञ्जका मतदातासँग फेस-टु-फेस’ संवाद गर्दै  एमाले अध्यक्ष केपी शर्मा ओली
images

काठमाडौं । निर्वाचन प्रचार प्रसारका क्रममा आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँग भेटघाट गर्ने भएका छन् । पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार बिहान दमक ९ को चिया दोकानमा ९ः ३० बजे मतदाता भेटघाट कार्यक्रम राखिएको छ ।

images
images

मुख्यरुपमा ओली आज गौरीगञ्ज केन्द्रित हुनेछन् । गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदातालाई भेटघाट गर्दैछन् । कार्कीका अनुसार ११ बजे देखि सुरु हुने गौरीगञ्जको कार्यक्रम अपराह्न ५ बजे सकिनेछ । यसबीचमा उनले गौरीगञ्ज ५ को श्यामा टोली, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर, नयाँ बजारका मतदातासँग भेटघाट र अन्तरक्रिया गर्नेछन् । यस्तै बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा मतदाता भेटघाट कार्यक्रम रहेको छ ।

गौरीगञ्ज ३ मा बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलहरुमा मतदातासँग भेटघाट राखिएको छ । यसअघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गरेका ओलीले आज पनि सो क्षेत्रका समस्या र मतदाताका गुनासा सुन्ने र समाधानका लागि प्रतिबद्धता जनाउने बताइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०८२ बुधवार - १०:११:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology