काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक बुथको सुरक्षा लागि कम्तीमा ३० जना भोलेन्टियर फोर्स बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सोमबार झापामा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय भेलामा बोल्दै उनले आसन्न निर्वाचनलाई ध्यानमा राखेर हरेक बुथको सुरक्षाका लागि पार्टीको तर्फबाट स्वयंसेवक परिचालन गर्नुपर्ने बताएका हुन् ।
उनले स्थानीय तहमा निर्माण गरिएको भोटेन्टियर्स फोर्सहरुले पार्टीको निर्णय र निर्देशन अनुसार काम गर्ने भएकाले उनीहरुलाई सोही अनुसार परिचालन गर्न आदेश दिए ।
अध्यक्ष ओलीले भने, ‘गाउँगाउँमा, टोलटोलमा सुरक्षा समितिहरु बनाउनुहोस् । र नेशनल भोलेन्टियर्स फोर्स बनाउनका लागि पार्टीलाई सहयोग गर्नुस् । भोलेन्टियर्स फोर्सले स्थानीय पार्टीका निर्णयहरु, निर्देशनहरुसँग टकराएर काम गर्दैन । चुनावका लागि हरेक बुथमा ३० जना भोलेन्टियर कम्तिमा निर्माण गर्नुहोस् । र त्यस कुरालाई ध्यानमा राखेर अगाडि बढनुहोस् ।’
अध्यक्ष ओलीले देशको सुरक्षाका लागि सुरक्षा निकायलाई सहयोग गर्न पार्टीले भोलेन्टियर्स फोर्स निर्माण गरेका बताए ।