Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चरौदी बस दुर्घटना अपडेट : मृतकहरूको पहिचान हुन बाँकी, २८ जना घाइतेको सनाखत (सूची)

चरौदी बस दुर्घटना अपडेट : मृतकहरूको पहिचान हुन बाँकी, २८ जना घाइतेको सनाखत (सूची)

इच्छाकामना न्युज

११, फाल्गुण २०८२
चरौदी बस दुर्घटना अपडेट : मृतकहरूको पहिचान हुन बाँकी, २८ जना घाइतेको सनाखत (सूची)
images

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को  बस त्रिशूली नदी किनारमा खसेको थियो ।  दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घनास्थमै मृत्यु भएको हो ।

images
images

तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ ।

जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइते २८ जनाको सनाखत भएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

यस्तो छ घाइतेहरूको सूची 

30c3475e-7fa0-44de-ba71-39de02244950.jpg

images
प्रकाशित मिति :फाल्गुण ११, २०८२ सोमवार - ०९:१३:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology