Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आफ्नो समुदायको उमेदवार पाउँदा गुरूङ अगुवाहरु उत्साहित

आफ्नो समुदायको उमेदवार पाउँदा गुरूङ अगुवाहरु उत्साहित

इच्छाकामना न्युज

९, फाल्गुण २०८२
आफ्नो समुदायको उमेदवार पाउँदा गुरूङ अगुवाहरु उत्साहित
images

चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो समुदायको उमेदवार पाउँदा पश्चिम चितवनका गुरूङ समुदायहरु उत्साहित भएका छन् । आफ्नो समुदायको उमेदवार पाएसँगै गुरुङ समुदायमा उत्साह बढेको हो ।

images
images

शुक्रबार पश्चिम चितवनको ज्योतिनगरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले लामो समयपछि प्रतिनिधिसभा निर्वाचनमा आफ्नो समुदायको उमेदवार पाएको भन्दै खुसी व्यक्त गरेका हुन् । विश्वज्योति जुनेली आमा समाजको अगुवाइमा आयोजित कार्यक्रममा बोल्ने गुरुङ अगुवाहरुले आफ्नो समुदायको उमेदवार पाउँदा सबै एकजुट भएर लाग्न आह्वान् गरेका थिए ।

समाजका अध्यक्ष श्रीमाया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै स्थानीय दलबहादुर गुरुङले राजनैतिक दल भन्दा फरक तवरले आफ्नो समुदायलाई हेर्न जरूरी रहेको बताए । उनले भने, ‘हामीले विगत लामो समयदेखि प्रतिनिधिसभा निर्वाचनमा आफ्नो समुदायको उमेदवार पाएका थिएनौँ । अहिले अनुभवी राजनीतिज्ञ टेकप्रसाद गुरुङलाई पाएका छौँ सबै एकजुट भएर जिताउन आवश्यक छ ।’

गुरुङ समुदायमा देखिएको उत्साहले अब केही परिवर्तन हुने प्रदेश सभा सदस्य गीता गुरुङले बताइन् । उनले भनिन्, ‘अब हाम्रो समुदायसँगै यस क्षेत्रका जनताको भविष्य बदलिने छ ।’ समाज परिवर्तनका लागि राजनैतिक दलभित्र पनि समानुपातिक प्रतिनिधित्व आवश्यक रहेको भन्दै उनले गुरुङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा राम्रो उमेदवार छान्न आग्रह गरिन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उमेदवार टेकप्रसाद गुरुङले नेपाली समाजमा देखिएका हरेक राजनैतिक घटनाको साक्षी रहँदै आएको भन्दै यसपटक यही समाजको समस्या समाधान गर्न आफूलाई विजयी गराउन आग्रह गरे ।

राजनीति कुनै सम्प्रदायका लागि नभई देश विकासका लागि भएकाले यस समुदायसँगै देशको विकासमा आफ्नो अतुलनीय योगदान रहने उनले बताए । पश्चिम चितवनको विकासका लागि आफूले कांग्रेसको राजनीतिमार्फत पु¥याएको सहयोगको मूल्याङ्कन गर्न रुख चिह्नमा मतदान गर्न आवश्यक रहेको उनले बताए ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८२ शनिवार - ०८:२९:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology