Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता बुद्धि बस्नेत पक्राउ

एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता बुद्धि बस्नेत पक्राउ

इच्छाकामना न्युज

८, फाल्गुण २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता बुद्धि बस्नेत पक्राउ
images

काठमाडौँ । नेकपा एमालेको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएकाे टाेलीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेकाे हाे ।

images
images

बिहीबार दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भिडमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा उनी पक्राउ परेका हुन् । 

थप अनुसन्धान अगाडि बढाइएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

बिहीबार रास्वपा सभापति लामिछानेको स्वागतका लागि आयोजित कार्यक्रमको भीडमा केही अपरिचित व्यक्तिहरूले नेकपा (एमाले) को चुनाव चिह्न अंकित झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। 

निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न साथै संयमित एवं जिम्मेवार व्यवहार प्रदर्शन गर्न सम्पूर्ण सरोकारवाला पक्षलाई प्रहरीले अनुरोध समेत गरेको छ। 

images
प्रकाशित मिति :फाल्गुण ८, २०८२ शुक्रवार - १९:४४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology