Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

जनकपुरमा आज कांग्रेसको चुनावी सभा, घोषणापत्र सार्वजनिक गर्ने

जनकपुरमा आज कांग्रेसको चुनावी सभा, घोषणापत्र सार्वजनिक गर्ने

इच्छाकामना न्युज

६, फाल्गुण २०८२
जनकपुरमा आज कांग्रेसको चुनावी सभा, घोषणापत्र सार्वजनिक गर्ने

काठमाण्डौ । नेपाली कांग्रेसले आज जनकपुरमा सभा गर्दै छ । कांग्रेस मधेस प्रदेश कार्यसमितिको आयोजनामा बुधबार कांग्रेसले जनकपुरमा सभा गर्न लागेको हो । यो सभालाई प्रतिज्ञा सभा भनिएको छ ।

images

यही सभाबाट कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दैछ । यसपालि घोषणापत्रलाई कांग्रेसले प्रतिज्ञा पत्र भनेको छ । कांग्रेसले निर्वाचन आयोगलाई भने फागुन ३ गते नै पार्टीको घोषणापत्र बुझाएको थियो । जनकपुरको सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।

जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रका बारेमा काठमाडौँमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको छ । आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिने कांग्रेसले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०८२ बुधवार - ०८:१०:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology