Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रधानमन्त्री ओली, झन् शक्तिशाली

प्रधानमन्त्री ओली, झन् शक्तिशाली

इच्छाकामना न्युज

२६, फाल्गुण २०७७
प्रधानमन्त्री ओली, झन् शक्तिशाली
images

काठमाडौं, २६ फागुन । नेकपा एमाले ब्यूँतिएसँगै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली देखिएका छन् । उनी पार्टीमा शक्तिशाली देखिए पनि सबैलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने चुनौती उनीसामु देखिएको छ । ओली तत्कालीन एकीकृत नेकपाको संसदीय दल र केन्द्रीय कमिटीमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल मिल्दा अल्पमतमा थिए । तर, एमाले र माओवादी छुट्टाछुट्टै भएपछि ओली पार्टी केन्द्रीय कमिटी र संसदीय दल दुवैमा बहुमतमा छन् ।

images
images

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा भने उनलाई अन्य दलसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बाध्यता छ । एमालेसँग स्पष्ट बहुमत नभएकाले प्रधानमन्त्री ओलीले संसद्मा रहेका काँग्रेस, जसपा वा माओवादी केन्द्रसँग सहकार्य गर्नुपर्ने बाध्यता रहेको हो । प्रतिनिधिसभा २ सय ७५ सदस्यीय छ । सरकार गठन गर्नका लागि १३८ सांसदको आवश्यकता पर्छ । प्रतिनिधिसभामा नेकपाका १ सय ७३ सांसद थिए ।

तर, एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि एमालेका १२१ र माओवादी केन्द्रका ७३ सांसद रहेका छन् । एमाले संसद्मा सबैभन्दा ठूलो दलको रुपमा कायम नै रहनेछ । नेपाली काँग्रेस ६३ सांसदसहित दोस्रो ठूलो दल र माओवादी तेस्रो दलका रुपमा रहनेछन् । प्रतिनिधिसभामा जसपा ३४ सांसदसहित चौथो ठूलो दलका रुपमा छ । र, काँग्रेस र जसपा दुवैका दुई–दुई सदस्य निलम्बित छन् । त्यसैगरी एमालेका एक सदस्यको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७७ बुधवार - ०८:१८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology