Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयका कारण नैतिक संकटमा कार्की सरकार

रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयका कारण नैतिक संकटमा कार्की सरकार

इच्छाकामना न्युज

५, फाल्गुण २०८२
रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयका कारण नैतिक संकटमा कार्की सरकार
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई संगठित अपराध तथा सम्पति शुद्धीकरणको अभियोग फिर्ता लिएर जोगाउन आफ्नो सम्पूर्ण शक्ति लगाएको सरकारलाई एकपछि अर्को अप्ठ्यारो आइलागेको छ ।

images
images

विश्व मञ्चमा समेत प्रतिष्ठाको विषय बनेको गम्भीर प्रकृतिको फौजदारी अभियोग महान्यायाधिवक्ता सविता भण्डारी बरालमार्फत फिर्ता प्रक्रिया अगाडि बढाएको थियो ।

तर, रूपन्देही जिल्ला अदालतझै कास्की जिल्ला अदालतले पनि रविमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग फिर्ता लिन स्वीकृति दिन अस्वीकार गरेको छ ।

यसअघि, रूपन्देही जिल्ला अदालतले रविसहितका सहकारी गठी अभियोगका अभियुक्तमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग फिर्ता लिने महान्याधिवक्ताको निर्णयअनुसारको स्वीकृति दिन अस्वीकार गरेको थियो ।

महान्यायाधिवक्ता प्रधानमन्त्री र सरकारको कानुनी सल्लाहकार हो । सरकारले गर्ने हरेक निर्णयको संवैधानिक र कानुनी राय तथा सरकारका तर्फबाट गरिने मुद्दाको प्रतिक्षा महान्यायाधविक्ताले गर्ने प्रावधान छ ।

जिल्ला अदालत कास्कीले रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नलिने भएपछि प्रधानमन्त्री तथा सरकारको कानुनी सल्लाहकार भण्डारीमाथि नैतिक संकट थपिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग फिर्ता लिने निर्णय गरेअनुसार जिल्ला अदालतहरूमा अभियोग संशोधनका लागि महान्यायधिवक्ता कार्यालयले फाइल पठाएको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविविरूद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग पनि भएकाले महान्यायाधिवक्ताको निर्णयलाई लिएर कास्की जिल्ला अदालतले यस्तो निर्णय लिएको हो ।

महान्यायाधिवक्ताको निर्णय
कास्की, काठमाडौं, रूपन्देही, पर्सा र चितवन अदालतमा रविविरुद्ध ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम राखी महान्यायाधिवक्ता सविता भण्डारीले गत ३० पुसमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग दाबी कायम नरहने र अभियोग संशोधन हुनेगरी स्वीकृति दिने निर्णय गरेकी थिइन् ।

निर्णयमा भनिएको थियो, ‘ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निज ९रवि लामिछाने० को हकमा कायम नरहनेगरी मुुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुने गरी स्वीकृति दिने निर्णय गरिएको छ ।’

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सबैभन्दा पहिले कास्की जिल्ला अदालतबाट लामिछानेविरुद्ध मुद्दा उठान भएको हो ।

पछि उनलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दा थप भएको थियो । सम्पत्ति शुद्धीकरण मुद्दा भने लामिछानेसहित गितेन्द्रबाबु राई (जिवी), छविलाल जोशी, रामबहादुर खनाल र लीला पछाईलाई मात्र अभियोग लागेको हो ।

यसरी महान्यायाधिवक्ताको निर्णयलाई सम्बन्धित जिल्ला अदालतले अनुमति हुने आदेश दिए सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा उनीहरूसहित बाँकी प्रतिवादीहरूले पनि सफाइ पाउँछन् ।

महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज पौडेल ९सफल०ले गत २ माघमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि, रूपन्देही जिल्ला अदालतले पनि लामिछानेविरूद्धको सुप्रिम सहकारीसँग जोडिएको संगठित अपराध मुद्दा तत्काल फिर्ता नगर्न आदेश दिइसकेको छ । -पत्रपत्रिकाबाट

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - १०:५६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology