Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लागुऔषधसहित चार पक्राउ

लागुऔषधसहित चार पक्राउ

इच्छाकामना न्युज

४, फाल्गुण २०८२
लागुऔषधसहित चार पक्राउ
images

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

images
images

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गका अनुसार आइतबार (हिजो) दिउँसो ३ः३० बजे चन्द्रपुर नगरपालिका वडा नं. ४ बाट बागमती निवासी ३२ वर्षीय तुल बहादुर लामालाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग गरिने सामग्रीहरू बरामद भएको थियो ।

लामालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा खुलेको तथ्यका आधारमा प्रहरीले चन्द्रपुर–४ स्थित गणेश चोकमा डेरा गरी बस्ने २३ वर्षीया प्रिया तामाङ र ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई पक्राउ गरेको छ । उनीहरूको कोठाबाट ब्राउन सुगर तौलने मेसिन र प्याकेजिङमा प्रयोग हुने प्लास्टिकका टुक्राहरू समेत बरामद गरिएको छ ।

यसैगरी, अनुसन्धानकै क्रममा सोही साँझ ६ः३० बजे चन्द्रपुर–१ स्थित अमृत घिसिङको घरबाट २९ वर्षीय प्रशान्त तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट २४० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरूलाई लागू औषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ४, २०८२ सोमवार - ०८:१९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology