रेखबहादुर गुरुङ, धादिङ, २५ फागुन । पृथ्वीराजमार्ग अन्तरगत धादिङको वेनिघाट रोराङगाउँपालिका वडा नम्बर १० जोगीमारामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चितवनबाट काठमाण्डौं तर्फ आउँदै गरेको लु १ ख ७७६२ नम्बरको ट्रक अनियन्त्रीत भई १ मिटर तल त्रिशुली किनारमा खसेर दुर्घटना भएको हो ।
आज विहान ३ बजे भएको उक्त दुर्घटनामा परि ट्रकमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँका सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
दुर्घटनामा परि मृत्यु हुने दुवैको ट्रकले थिचेर मृत्यु भएको उनले बताए।