Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

क्वोंने (घोण्डे–घोताने) गुरुङ समाज युकेद्वारा कागबेनीमा ६३ लाखमा बौद्ध गुम्बा निर्माण

क्वोंने (घोण्डे–घोताने) गुरुङ समाज युकेद्वारा कागबेनीमा ६३ लाखमा बौद्ध गुम्बा निर्माण

images

इच्छाकामना न्युज

२१, माघ २०८२
क्वोंने (घोण्डे–घोताने) गुरुङ समाज युकेद्वारा कागबेनीमा ६३ लाखमा बौद्ध गुम्बा निर्माण
images

काठमाण्डौ । क्वोंने (घोण्डे–घोताने) गुरुङ समाज युकेले मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनीमा बौद्ध गुम्बा निर्माण गरेको छ । करिब ६३ लाख रुपियाँमा निर्माण गरिएको गुम्बाले धार्मिक पर्यटक बढाउने विश्वास समाजले गरेको छ । 

622379561_896685263094076_5092264105129907480_n.jpg

गुम्बा निर्माण समितिका संयोजक राजेन्द्र गुरुङले एक वर्षभित्रमा निकै मेहनतसाथ पवित्र भावनाले गुम्बा निर्माण गरिएको बताउनुभयो । दूर्गम र अति पवित्र रमणीय ठाउँमा गुम्बा निर्माण गरिएकाले खर्चिलो र समय लागेको बताउनुभयो । 

पितृहरुको अस्तु विसर्जन गरिने पवित्र धार्मिक स्थलको रुपमा रहेको कागबेनीमा गुम्बा निर्माणले बौद्ध धर्मका प्रवर्तक तथा धार्मिक पर्यटकहरुको चहलपहल बढ्ने विश्वास उहाँले गर्नुभयो । सनातनकालदेखि चल्दैआएको पितृ तर्पणको काममा थप सहज हुने उहाँको भनाइ छ । 

624002728_1415024793500648_1743745144201217390_n.jpg

क्वोंने गुरुङ (तमु) समाज युकेका अध्यक्ष कुमार गुरुङले १० वर्षअघि गठन भएको समाजले गुम्बा निर्माण गरेको बताउनुभयो । माघ २८ गते फेब्रुअरी ११, २०२६ मा गुम्बाको विधिवत उदघाटन गरिने बताउनुभयो । पवित्र भावना राखी गुम्बा निर्माण गरिएको उहाँले बताउनुभयो ।

624491463_1199591168582535_7674097076493550321_n.jpg

चेलीबेटी समूहका प्रमुख लिना गुरुङले मुस्ताङ भ्रमणमा जाँदा गुम्बा निर्माणको परिकल्पना गरिएको बताउनुभयो । कागबेनी, मुक्तीनाथ, कोरला नाकाको भ्रमणका क्रममा सो ठाउँका लागि केही न केही गर्ने मनमा इच्छा व्यक्त भएपछि अग्रजहरुको सल्लाहअनुसार गुम्बा निर्माण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।  

622477761_1262105059127246_3879904941777585132_n.jpg

भ्रमणमा जाँदा त्यहाँ पूजापाठ र तर्पण चढाउनेबेला भक्तजनलाई बत्ती बाल्नसमेत समस्या देखेको बताउँदै खुला र अग्लो ठाउँमा हावाको बेगले धुपबत्ती जलाउने समस्या देखेर गुम्बा निर्माणको इच्छा व्यक्त भएको बताउनुभयो । पवित्र धार्मिक ठाउँमा केही गरुँ भनेर गुम्बा निर्माण गरिएको बताउनुभयो । उहाँले आफू १७ वर्ष हङकङ र १५ वर्षदेखि युकेमा बसोबास गर्दैआएको बताउनुभयो ।

622492845_937058188746826_149999950348896136_n.jpg

प्राणी जगतको कल्याण हेतु आफूले सो ठाउँमा गुम्बा निर्माण गर्ने परिकल्पना गरेको र अग्रज र अभिभावकहरुको परामर्शमा गुम्बा निर्माण गरिएको जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :माघ २१, २०८२ बुधवार - १०:००:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology