Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चेपाङबालबालिका मार्फत प्रेसिडेन्ट होटल गुरुपको १० औं शाखा उद्धघाटन 

चेपाङबालबालिका मार्फत प्रेसिडेन्ट होटल गुरुपको १० औं शाखा उद्धघाटन 

इच्छाकामना न्युज

२५, फाल्गुण २०७७
चेपाङबालबालिका मार्फत प्रेसिडेन्ट होटल गुरुपको १० औं शाखा उद्धघाटन 

158026571_198404365408622_2822620051791622207_n.jpg

images

चितवन फागुन,२५।प्रेसिडेन्ट होटल गुरुपले चितवनमा तास बजार संचालनमा ल्याएको छ । जहाँ गामबेसीको चेपाङ संरक्षण केन्द्रमा रहेका १ सय ३५ चेपाङ बालबालिको सहभागीता सिम्रन चेपाङ र हेमकुमार चेपाङले रिवन काटेर तास बजारको उद्धघाट गरेका हुन् । पे्रसिडेन्ट होटल गु्रपका अध्यक्ष एवं प्रेसिडेन्ट तास बजारका सञ्चालक शंकर भण्डारीले व्यवसायी मात्र नभई सामाजिक उत्तरदायित्वलाई समेत आत्मसाथ गर्दै व्यवसाय संचालनमा ल्याएको बताउनु हुन्छ । उहाँले तास बजार १५ प्रकारका तासका परिकारहरु पाउने बताउदै  प्रेसिडेन्टको हरेक सेवामा स्वच्छ खाना, सरल पहुँच, स्तरिय सेवा र स्वादलाई प्राथमिकता दिएको बताउन’ भयो । २०६३ सालमा काठमाडौंमा होटल प्रेसिडेन्ट बाट सुरु भएको प्रेसिडेन्ट होटल गुरुका अहिले देशभर १० शाखा छन् । भरतपुरको लागी यो दोस्रो शाखा हो । भरतपुर ओरालोमा दुई वर्ष अगाडिदेखि प्रेसिडेन्ट सेकुवा सञ्चालनमा आएको थियो । तास बजारको सुभारम्भ कार्यक्रममा प्रेसिडेन्ट होटल गुरुपले गावमेसी चेपाङ्ग संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्मालाई चेपाङ बालबालिकाको शैक्षिक विकासमा योग्दान गरेको भन्दै सम्मान समेत गरेको थियो ।  शर्मा २०६८ साल देखि दाताको सहयोगमा संरक्षण केन्द्रमार्फत चेपाङ समुदायको विकासको लागी काम गर्दै आउनु भएको छ । यस गुरुपले संरक्षण केन्द्रलाई ६ महिनालाई पुग्ने शैक्षिक सामाग्री पनि हस्तान्तरण गरिएको छ । यता  होटलमा बसेर अहिले सम्म यसरी खाना खान नपाएको बताउदै चेपाङ बालबालिकाले होटलनै उद्धघाटन गर्न पाउँदा खुशी व्यक्त गरे । उनीहरुले होटललाई धन्यवाद दिदै भने – किताबमा पढेका कुरा रेष्टुरेन्टमै आएर व्यवहारिक रुपमा खानासँगै हेर्न र सिक्ने अवसर मिल्यो ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७७ मंगलवार - १२:३१:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology