Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रास्वपा गोरखाका जिल्ला नेता मुक्ति पाण्डे, फेक रेस्क्यु ठगी काण्डमा पक्राउ

रास्वपा गोरखाका जिल्ला नेता मुक्ति पाण्डे, फेक रेस्क्यु ठगी काण्डमा पक्राउ

इच्छाकामना न्युज

१२, माघ २०८२
रास्वपा गोरखाका जिल्ला नेता मुक्ति पाण्डे, फेक रेस्क्यु ठगी काण्डमा पक्राउ
images

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता मुक्ति पाण्डे पक्राउ परेका छन् । फेक रेस्क्यू देखाएर बीमाको रकम ठगी गरेको आरोपमा उनीसहित ६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले पक्राउ गरेको हो । एभरेष्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका संचालक समेत रहेको उनी गोरखाको भीमसेन थापा गाउँपालिकाका हुन् ।

images
images

चार्टर फ्लाइटलाई रेस्क्यु (उद्धार) देखाएर बीमाको रकम ठगी गर्ने गरेको खुल्न आएपछि पक्राउ गरिएको सीआईबी प्रमुख एआईजी डा. मनोज केसीले बताए । ‘चार्टर फ्लाइटलाई समेत रेस्क्यु देखाएर बीमाको रकम लिएको देखिन्छ,’ उनले भने, ‘यो रेस्क्यु नभएर फेक रेस्क्यु (नक्कली उद्धार) हो ।’

यसका साथै नियमित फ्लाइटलाई पनि रेस्क्यु गरेको देखाएर रकम दाबी गर्ने गरेको समेत देखिएको छ । त्यसका लागि रेस्क्युको समय तालिका र प्यासेन्जर समेत नक्कली तयार पारिएको भेटिएको एआईजी केसीले बताए । पदयात्रा सकिएपछि सोही रुट हुँदै फर्कने पर्यटकलाई सहजै कन्भिन्स गरी चार्टर फ्लाइटमा काठमाडौं पु¥याउने गरेको भेटिएको छ । पक्राउ परेका ६ जना तीन कम्पनीमा आबद्ध व्यक्तिहरू हुन् । यी तीन कम्पनीबाट मात्रै ३१७ जनाको नक्कली उद्धार गरेको भेटिएको छ ।

पाण्डे संचालक रहेको एभरेष्टले २०२२ देखि २०२५ सम्म ६०१ जनाको उद्धार गरेको थियो । जसमध्ये ७१ जना पर्यटकको नक्कली उद्धार गरेको र त्यसवापत ११ लाख ५३ हजार ९१९ डलर बुझेको सीआईबीको भनाइ छ । उनीहरूमाथि संगठित अपराधदेखि किर्ते, राज्यविरुद्धको कसुरलगायतमा अनुसन्धान अघि बढाइएको बताइएको छ ।

images
प्रकाशित मिति :माघ १२, २०८२ सोमवार - ११:१४:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology