Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

जन्मगाउँबाट तनहुँ १ का एमाले उम्मेद्वार भगवती न्यौपानेले सुरु गरिन् घरदैलो अभियान

जन्मगाउँबाट तनहुँ १ का एमाले उम्मेद्वार भगवती न्यौपानेले सुरु गरिन् घरदैलो अभियान

images

इच्छाकामना न्युज

१२, माघ २०८२
जन्मगाउँबाट तनहुँ १ का एमाले उम्मेद्वार भगवती न्यौपानेले सुरु गरिन् घरदैलो अभियान
images

दमौली । आसन्न प्रतिनिधिसभा निर्वाचनको तनहुँ क्षेत्र नम्बर १ का नेकपा एमालेकी तर्फबाट उम्मेदवार भगवती न्यौपानेले आफ्नो जन्मगाउँ भानु नगरपालिका–७ र ८ बाट घरदैलो अभियान सुरु गरेकी छन् ।

घरदैलो अभियान अन्तर्गत न्यौपानेले क्षेत्रका प्रत्येक घर–घरमा पुगेर आफ्ना योजना, भिजन तथा स्थानीय विकाससम्बन्धी कार्यक्रमबारे मतदातालाई प्रत्यक्ष जानकारी गराइरहेकी छन् । उनको आगमनमा स्थानीयवासीहरूले उत्साहपूर्वक स्वागत गरेका थिए । गाउँलेहरूले उनीप्रति विश्वास र आत्मीयताको परिचय दिएका छन् ।

जन्मथलोमा यस प्रकारको न्यानो स्वागत पाउँदा आफू अत्यन्तै उत्साहित भएको न्यौपानेले बताइन् । ‘मेरो जीवन सधैं देश र जनताको सेवा तथा समर्पणमा केन्द्रित रहँदै आएको छ । जनताको विश्वास र समर्थन नै मेरो सबैभन्दा ठूलो शक्ति हो’ न्यौपानेले भनिन्, ‘यही शक्तिका आधारमा म हरेक नागरिकका आवश्यकता र समस्या बुझेर समाधानका लागि काम गर्न सक्षम हुनेछु ।’

घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले न्यौपानेको सादगी, इमानदारी र जनसेवामा समर्पित व्यक्तित्वको प्रशंसा गर्दै आगामी निर्वाचनमा पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस अभियानमार्फत भगवती न्यौपानेले मतदातासँग नजिकको सम्बन्ध स्थापित गर्दै जनभावनाको वास्तविक प्रतिनिधित्व गर्ने प्रयासलाई थप सशक्त बनाइरहेकी छन् ।

images
प्रकाशित मिति :माघ १२, २०८२ सोमवार - १०:४५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology