Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने

पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने

images

इच्छाकामना न्युज

१२, माघ २०८२
पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने
images

जनकपुर / पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आइपुगेका छन् । शाह आइतबार (हिजो) बेलुकी जनकपुरधाम आइपुगेका हुन ।

पूर्वराजा शाह सडक मार्ग हुँदै हिजो बेलुकी ६ः३० बजे जनकपुरधाम आइपुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वागत मुल समारोह समिति धनुषाका संयोजक श्रवण कुमार झाले जानकारी दिए । 

उनीसँगै पूर्व रानी कोमल राज्य लक्ष्मीदेवी शाह पनि जनकपुरधाम आइपुगेकी छन् ।

पूर्वराजा शाह र पूर्वरानीले आज दिउँसो ३ बजे जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको संयोजक झाले जानकारी दिए । 

उनका अनुसार आज पूजापाठ गरी पूर्वराजा शाह र रानीले जनकपुरमै रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ ।

केही दिनअघि रास्वपाले जनकपुरधाममा गरेको चुनावी सभामा सहभागी हुन काठमाडौँका निवर्तमान मेयर बालेन्द्र शाह बालेन, रवि लामिछानेलगायतका नेताहरू बसेको होटेलमा पूर्व राजाका छोरा पारस शाहसमेत बास बसेका थिए ।

images
प्रकाशित मिति :माघ १२, २०८२ सोमवार - १०:३६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology