Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेले राष्ट्रिय सभाका लागि उम्मेदवार टुंग्यायो

एमालेले राष्ट्रिय सभाका लागि उम्मेदवार टुंग्यायो

इच्छाकामना न्युज

२३, पौष २०८२
एमालेले राष्ट्रिय सभाका लागि उम्मेदवार टुंग्यायो
images

काठमाडौं । नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम टुंग्याएको छ । एमालेले पाउने ७ सदस्यका लागि उम्मेदवारलाई विभिन्न प्रदेशमा मनोनयन गरेको हो ।

images
images

एमालेले कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दङ्गाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल, र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाएको छ ।

मधेश प्रदेशको उम्मेदवारको नाम भने अझै टुंगो लाग्न बाँकी छ । आज उम्मेदवारको मनोनयन दर्ता हुने तालिका तय गरिएको छ ।

एमालेले नेपाली कांग्रेस, अन्य कम्युनिष्ट पार्टी र जसपा नेपालसँगको सहकार्यमा चुनावी तालमेलका लागि तयारी अघि बढाएको बताइएको छ ।

images
प्रकाशित मिति :पौष २३, २०८२ बुधवार - ०९:२५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology