Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी

प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी

इच्छाकामना न्युज

१८, पौष २०८२
प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी
images

म्याग्दी । धवलागिरि गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनीभन्दा कम जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु एक लाखभन्दा बढी आम्दानी गरेकी छन् ।

images
images

ताकमको आचार्य कृषि फार्मका सञ्चालक पद्माकुमारी आचार्यले उत्पादन गरेको प्याजको बिरुवा धवलागिरि र मालिका गाउँपालिकाका साथै पोखरासम्म बिक्री भएको हो । उनले गत कात्तिक दोस्रो साता छ किलोग्राम प्याजको बीउ जमाएकी आचार्यले पुस दोस्रो हप्तासम्म रु एक लाखको बिरुबा बिक्री भएको बताइन् ।

“पहिलो चरणमा उत्पादन गरेको बिरुवा बिक्री हुने अन्तिम चरणमा छ, माघमा लगाउनका लागि बिरुवाको माग आएपछि थप बीउ जमाएको छु”, उनले भनिन्, “एक रोपनी क्षेत्रफल बारीमा उमारेको प्याजको बिरुवाबाट दुई महिनामै रु एक लाखको बिरुवा बिक्री भयो ।”

रु २५ हजार लगानी गरेकी आचार्यले सबै बिरुवा बिक्री गरिसक्दा करिब रु एक लाख ५० हजार आम्दानी हुने अनुमान गरेकी छन् । आचार्यले पछिल्लो तीन वर्षयता प्याजको बिरुवा उत्पादन गर्दै आएकी छिन् ।

images
प्रकाशित मिति :पौष १८, २०८२ शुक्रवार - ११:१२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology