Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटको विद्युतीय शवदाह यन्त्र बिग्रियो

देवघाटको विद्युतीय शवदाह यन्त्र बिग्रियो

पत्रपत्रिका

१८, पौष २०८२
देवघाटको विद्युतीय शवदाह यन्त्र बिग्रियो

कुलप्रसाद काफ्ले, भरतपुर । करिब सात वर्ष लगाएर निर्माण गरिएको देवघाटको विद्युतीय शवदाह यन्त्र बिग्रिएको छ । पुस ६ गते यता यन्त्रबाट शवदाहको काम हुन सकेको छैन । सञ्चालनमा आएको एक महिना नपुग्दै शवदाह गृहको काम ठप्प भएपछि देवघाटमा शवहरुलाई पुनः दाउराले जलाउन थालिएको छ ।

images
 
भरतपुर महानगरपालिकाको शवदाह गृह हेर्ने स्रोतव्यक्ति बालकृष्ण थपलियाका अनुसार शवदाह यन्त्र मर्मतको लागि काठमाडौँबाट प्राविधिकहरुलाई बोलाइएको छ । ‘यन्त्र परीक्षणकै क्रममा छ, अहिले प्राविधिक समस्या आएकाले काम रोकिएको छ । उद्घाटन भएको एक/दुई दिनबाट नै हामीले शव जलाउने काम रोकेका हौँ’, उनले भने ।

शवदाह गृहको निर्माण जिम्मा पाएको निर्माण कम्पनीलाई पनि बोलाइएको छ । उनका अनुसार निर्माण सम्पन्न भएको एक वर्षसम्म निर्माण कम्पनीले मर्मत गरिदिने गरी सम्झौता भएको थियो । ११ करोड २१ लाख आठ हजार रुपैयाँमा निर्माण भएको शवदाह गृहमा एउटा शव जल्न ४५ मिनेट लाग्ने बताइएको थियो । तर, परीक्षणका क्रममा एउटा शव जल्न नौ घण्टासम्म लागेको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको शवदाह गृह गत असोज २४ गते भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । महानगरले कार्यविधि बनाएर मङ्सिर १६ गतेदेखि शवदाह गृह प्रयोगमा ल्याएको थियो । शवदाह गृह सञ्चालनका लागि महानगरले दुई सिफ्टमा गरी १० जना कर्मचारी खटाएको थियो ।

images
प्रकाशित मिति :पौष १८, २०८२ शुक्रवार - १०:५७:४५ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology