Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रतिनिधिसभा पुनःस्थापना पछिको स्थित ताजुब देखिएको प्रधानमन्त्रीको टिप्पणी 

प्रतिनिधिसभा पुनःस्थापना पछिको स्थित ताजुब देखिएको प्रधानमन्त्रीको टिप्पणी 

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
प्रतिनिधिसभा पुनःस्थापना पछिको स्थित ताजुब देखिएको प्रधानमन्त्रीको टिप्पणी 
images

काठमाण्डौ, २४ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना पछिको स्थित ताजुब देखिएको टिप्पणी गर्नुभएको छ ।  १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापनापछि संसदमा माननीयहरुको गतिविधि अशोभनीय देखिएको भन्दै जनताका समस्या समाधान गर्ने थलोलाई नाराबाजी र धामी नाचमा परिणत गरेको टिप्पणी गर्नुभयो ।

images
images

मुद्दा लडेर आएपछि ताजुव देखियो, एउटा फैसला अदालतको जय जयकार, अर्को फैसला के गरेको यो राजनीतिमा हात हाल्न पाइन्छ ?प्रधानमन्त्री ओलीले भन्नुभयो ।  उहाँले अदालतको फैसला मान्नै पर्ने भन्दै न्यायालयका फैसलालाई सम्मान गर्न आग्रह गर्नुभयो  । प्रतिनिधिसभा पुनःस्थापनापछि झनै पहिलो बैठकमा नै समस्या देखिएको भन्दै उहाँले यस्तै अवस्था आउला भनेर संसद बिघटन गरेको बताउनुभयो । उहाँले सर्वोच्चको फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो ? भनेर सोधिएकोमा प्रधानमन्त्रीको आक्रोस थियो ।

 प्रधानमन्त्रीले भन्नुभयो, अब मैले उहाँहरुलाई सोध्न नपरोस् तपाई कुन पार्टीको ?प्रधानमन्त्री ओलीको प्रतिप्रश्न थियो । हिजो संसदमा नेकपा खारेज भइसकेको अवस्थामा प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न गर्नुपर्ने बेला भएको भन्दै सांसद भीम रावलले टिप्पणी गर्नुभएको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - २१:०१:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology