Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नारायणगढ लिटिल फ्लावर स्कुलमा क्याम्ब्रिजको अंँग्रेजी भाषा कक्षा शुरु हुदै

नारायणगढ लिटिल फ्लावर स्कुलमा क्याम्ब्रिजको अंँग्रेजी भाषा कक्षा शुरु हुदै

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
नारायणगढ लिटिल फ्लावर स्कुलमा क्याम्ब्रिजको अंँग्रेजी भाषा कक्षा शुरु हुदै

चितवन फाल्गुन,२४।नारायणगढको लिटिल फ्लावर स्कुलमा नेपालमै पहिलोपटक क्याम्ब्रिज एसेसमेन्ट इंग्लिस अंँग्रेजी भाषा कक्षा शुरु हुने भएको छ । विद्यार्थीलाई अन्र्तराष्ट्रिय गुणस्तरको अंग्रेजी भाषा अभ्यस्त गराउन र दक्ष बनाउने उद्धेश्यले उक्त भाषा कक्षा फागुन २६ गतेदेखि शुरु गर्न लागिएको हो । यस विषयमा स्कुलले अभिभावकसंँग परामर्श र अन्र्तक्रिया कार्यक्रम गरिसकेको छ ।स्कुलका अनुसार पहिलो चरण कक्षा १ देखि ७ कक्षासम्मका विद्यार्थीहरुलाई यस भाषा कक्षा शुरु गरिनेछ ।स्कुलका प्राचार्य फादर रोबीले अन्तराष्ट्रिय स्तरमा विद्यार्थीलाई प्रतिस्पर्धा गराउन र अंँग्रेजी भाषामा दक्ष बनाउन क्याम्ब्रीज एसेसमेन्ट इंग्लिस कक्षा शुरु गर्न लागिएको बताए ।

images

156079495_180026547220567_3527531185980855668_n.jpgक्याम्ब्रिज परीक्षा केन्द्र समेत रहेको यस स्कुलमा एवन प्री, एवन, एटु, बिवन, बीटु,सिवन, सिटु लेभलका भाषा कक्षाहरु सञ्चालन गरिनेछ । यसका लागि लेभल अनुसार फि को स्वरुप तथा ढांँचा तयार पारिएको छ । लेभल र कक्षा अनुसार यो भाषा कक्षाको लागि ६८३९ रुपैयांँ देखि ७४०२ रुपैयांँ तोकिएको छ । ‘एउटा प्याकेज र एकपटकको कोर्षका्े लागि यो फि स्ट्रक्चर निर्धारण गरिएको छ ,फादर रोवीले भने, सोही कक्षामा अंग्रेजी पढाउने शिक्षकले अध्यापन गराउनुहुनेछ ।’ स्कुलमा भाषा प्रशिक्षण दिन लागिएको नेपालमै पहिलोपटक हो ।’यसका लागि स्कुलले शिक्षकहरुलाई दुई महिनासम्म प्रशिक्षण दिएको थियो ।जिल्लामा अन्य स्कुलभन्दा फरक तथा अंग्रेजी भाषामा विद्यार्थीलाई दक्ष र अब्बल बनाउन यो कोर्ष शुरु गर्न लागिएको स्कुलका प्रशासकीय अधिकृत गोविन्द पौडेलले जानकारी दिए । यो कोर्ष अध्यापन गराउने निर्णय गरेसंँगै विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको र विद्यार्थीले फाराम भरेर बुझाउन शुरु गरेको पौडेलले बताए ।

157424555_259435375655241_4157109814345581893_n.jpg यो भाषाको कोर्ष पुरा गरेपछि विद्यार्थीलाई क्याम्ब्रिज परीक्षा केन्द्रबाट पाउने प्रमाणपत्र उपलब्ध गराईने छ ।विश्वका १३०वटा देशमा २८०० वटा क्याम्ब्रिज परीक्षा केन्द्र रहेका छन । लिटिल फ्लावरमा क्याम्ब्रिजको परीक्षा केन्द्र शुरु भएपछि स्कुलले भाषा कक्षा अध्ययन अध्यापन गर्न सम्बन्धनका साथै अनुमति प्राप्त गरेको हो । भाषा कक्षा शुरु भएसंँगै स्कुलका शैक्षिक गुणस्तरले थप उचाई प्राप्त गर्ने विश्वास लिईएको प्रशासकीय अधिकृत पौडेलको भनाई छ । जिल्लाको नीजि शैक्षिक संस्थाहरु मध्ये यो लिटिल फ्लावर स्कुलले उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । जहांँ करीब २२०० भन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन । यस शैक्षिक सत्रबाट स्कुलले दश जोड दुईका कक्षाहरु पनि शुरु गरिसकेको छ ।

156205123_475596610294489_8108542630055953761_n.jpg

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - १५:०६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology