Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

केन्द्रीय सदस्यमा चितवनका सात जना निर्वाचित

केन्द्रीय सदस्यमा चितवनका सात जना निर्वाचित

images
केन्द्रीय सदस्यमा चितवनका सात जना निर्वाचित
images

भरतपुर । नेकपा एमालेको एघारौँ महाधिवेशनमा चितवनबाट प्रतिस्पर्धा गरेका १० नेतामध्ये केन्द्रीय सदस्यमा सात जना निर्वाचित भएका छन् । पूर्वपोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली, पूर्वकेन्द्रीय सदस्यहरू पार्वती रावल, कृष्णभक्त पोखरेल, जगन्नाथ थपलिया, प्रभा बराल, बालिका गिरी र युवा नेता निशा अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

रावल महिला खुलाबाट, अधिकारी बागमती प्रदेश युवा, बराल बागमती प्रदेश महिलाबाट निर्वाचित भएका हुन् । ज्ञवाली, पोखरेल र थपलिया खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । पूर्वजिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने बागमती प्रदेश खुला, पूर्वकेन्द्रीय सदस्यहरू यमबहादुर परियार, कपिलप्रसाद पोखरेल र अर्का नेता पुरूषोत्तम न्यौपानेले खुला केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका थिए ।

चितवनका रामबहादुर थापा बादल नेकपा (एमाले)को उपाध्यक्षमा निर्वाचित भएका छन् । चितवनका सुरेन्द्र पाण्डे भने महासचिव पदमा पराजित भए । यस्तै, अनुशासन आयोगको अध्यक्षमा चितवनका काशिनाथ अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै, केन्द्रीय अनुशासन आयोगको सदस्यमा चितवनका कृष्ण भूर्तेल र कृष्णप्रसाद सिलवाल विजयी भएका छन् ।

images
प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - ०९:०२:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology