Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
images

काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज शुक्रबार बस्दैछ। काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।

images
images

यो बैठक विशेष गरी महाधिवेशनपछिको पार्टीको नयाँ संरचना र आगामी कार्यदिशा तय गर्न केन्द्रित हुने देखिएको छ।

बैठकले पार्टीको पोलिटब्यूरो र स्थायी कमिटी गठनका विषयमा महत्वपूर्ण छलफल गर्ने कार्यसूची रहेको छ। तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका सम्पूर्ण पदाधिकारी र सदस्यहरूले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

नवनिर्वाचित नेतृत्वले पदभार ग्रहण गरेपछिको यो पहिलो औपचारिक बैठक भएकाले यसलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। बैठकले पार्टीको आगामी सांगठनिक योजना र राजनीतिक कार्यक्रमका बारेमा पनि प्रारम्भिक खाका तयार पार्ने अपेक्षा गरिएको छ

images
प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - ०८:४१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology