Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्रपाले आज रत्नपार्कमा जनप्रदर्शन र बृहत सभा आयोजना गर्दै

राप्रपाले आज रत्नपार्कमा जनप्रदर्शन र बृहत सभा आयोजना गर्दै

इच्छाकामना न्युज

२३, मंसिर २०८२
राप्रपाले आज रत्नपार्कमा जनप्रदर्शन र बृहत सभा आयोजना गर्दै
images

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज जनप्रदर्शन र बृहत सभा आयोजना गर्न लागेको छ । राप्रपाले आज बिहान ११ बजेदेखि काठमाडौँको रत्नपार्कमा जनप्रदर्शन र बृहत सभाको आयोजना गर्न लागेको हो ।

images
images

राप्रपाले आम निर्वाचन अगावै कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतको सर्वपक्षीय सम्मेलनको प्रमुख मागसहित आजको प्रदर्शन गर्न लागेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् ।

त्यस्तै राप्रपाले अन्तर जिल्ला तथा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्न, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउन र जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेको उनले बताएका छन् ।

images
प्रकाशित मिति :मंसिर २३, २०८२ मंगलवार - १०:१९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology