Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

‘आयो आयो’: एमाले कार्यकर्ताको नारा यसरी बन्यो टिकटकमा व्यापार बढाउने भाइरल ट्रेन्ड

‘आयो आयो’: एमाले कार्यकर्ताको नारा यसरी बन्यो टिकटकमा व्यापार बढाउने भाइरल ट्रेन्ड

इच्छाकामना न्युज

१५, मंसिर २०८२
‘आयो आयो’: एमाले कार्यकर्ताको नारा यसरी बन्यो टिकटकमा व्यापार बढाउने भाइरल ट्रेन्ड

काठमाडौँ । कात्तिकको अन्तिम सातादेखि सामाजिक सञ्जालमा एमाले समर्थकको एउटा भिडिओ क्लिप निकै चर्चामा छ । झण्डा बोकेर नारा लगाउँदै हिँडिरहेको समूहमा एक अधबैँसे महिलाले ‘आयो आयो’ भन्दै गरेको नारा सामाजिक सञ्जालमा भाइरल भइरहेको हो । ती महिलाले ‘आयो आयो’ भनेपछि जुलुसमा भएका अन्यले ‘एमाले आयो’ भन्दै नारा लगाएका छन् ।

images

पछिल्लो साता भने त्यही भिडिओ क्लिप राखेर अनलाइन माध्यमबाट व्यवसाय गरिरहेका प्रयोगकर्ताहरूले आफ्नो सामानको प्रचार समेत गर्न थालेका छन् । यस्ता प्रचारमा देउसी खेल्दा ‘देउसी रे’ भनेजस्तै ‘आयो आयो’ भनेको ती महिलाको क्लिप राखिएको छ । त्यसपछि देउसी खेल्दा भट्याउने जस्तै गरी प्रयोगकर्ताहरूले आफ्ना सामानहरू देखाउँदै त्यसको बारेमा जानकारी दिइरहेका छन् ।

टिकटक आईडी ‘ज्बmचयउबजष्चबलठड’ ले त्यही भाइरल ‘आयो आयो’ क्लिपको प्रयोग गर्दै ‘२५० को ब्याग आयो’ भन्दै भिडिओ बनाएको छ । भिडिओमा दुई हातमा नै ब्याग लिएर एक युवतीले महिलाहरूले प्रयोग गर्ने किसिमको ब्यागको प्रचार गरिरहेकी छिन् । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओलाई करिब तीन लाख ५० हजार पटक हेरिएको छ भने ६ हजार ९०० पटक लाइक गरिएको छ । उक्त भिडिओमा कतिपयले ‘आयो आयो’ को बल्ल सही ठाउँमा प्रयोग भएको भन्दै प्रतिक्रिया दिएका छन् । केही प्रयोगकर्ताले मार्केटिङको राम्रो तरिका भएको बताएका छन् भने अधिकांश प्रयोगकर्ताले भिडिओमा प्रचार गरेको ब्यागको बारेमा थप जानकारी पाउन चासो देखाएका छन् ।

अर्को टिकटक आईडी ‘ँयिधभच अचभध लभउब’ि बाट पनि ‘आयो आयो ४५०० मा गमला आयो’ भन्दै भिडिओ पोस्ट भएको छ । उक्त भिडिओमा एक युवक हातमा विभिन्न गमला र बिरुवा देखाएर प्रचार गरिरहेको देखिन्छन् । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओलाई तीन लाख ५७ हजारभन्दा बढी पटक हेरिएको छ ।

यस्तै टिकटक प्रयोगकर्ता ‘म्ष्दबकज अचभबतष्यल’ ले पनि यही ट्रेन्डलाई पछ्याउँदै भिडिओ बनाएको छ । भिडिओमा ‘१५०० रुपैयाँमा म्युजिक प्रमोसन आयो’ भन्दै प्रचार गरिएको छ । उक्त भिडिओलाई टिकटकमा झन्डै २३ हजार पटक हेरिएको छ । ‘प्ग्ल्ध्ब्च्(न्’ नामक आईडीबाट पनि ‘आयो आयो’ को प्रयोग गरेर फोटो फ्रेमको विज्ञापन गरिएको छ । ‘एक सय वाला आयो’ भन्दै फोटो फ्रेमको प्रचार उक्त भिडिओमा गरिएको छ । ‘क्जचभकतजब mयदष्भि अबचभ म्बmबप ऋः’ ले पनि यही ट्रेन्ड फलो गर्दै ‘मात्र ७७ हजारमा आईफोन १३ आयो’ भन्दै भिडिओ बनाएको छ । उक्त भिडिओलाई यो सामग्री तयार पार्दासम्म १७ हजारभन्दा बढी पटक हेरिएको छ ।

टिकटकमा मात्र नभई यो ट्रेन्डलाई पछ्याउँदै फेसबुकलगायत अन्य प्लेटफर्ममा पनि कयौँ व्यवसायीहरूले आफ्नो प्रचार गरेका छन् । यस्तो प्रचारलाई केही प्रयोगकर्ताहरूले ‘झोले’ को संज्ञा पनि दिइरहेका छन् । केही प्रयोगकर्ताले भने भाइरल कन्टेन्टलाई प्रयोग गर्दै व्यवसाय बढाउने काम गरेको भन्दै सकारात्मक रूपमा लिइरहेका छन् ।

तर व्यवसायीहरूले आफ्ना सामानहरू प्रचार गर्नु पहिला यो भाइरल क्लिप एमालेसहितका पार्टीलाई आलोचना गर्न प्रयोग भएको देखिन्छ । १३ नोभेम्बरमा टिकटक आईडी ‘ःऋद्य ख्ीइन्क्’ ले महिलाले ‘आयो आयो’ भनेको क्लिपमा ‘मासुभात आयो’ भन्दै भिडिओ बनाएका छन् । उक्त भिडिओलाई सात लाखभन्दा बढी पटक हेरिएको छ भने ५० हजारभन्दा बढी लाइक गरिएको छ । सोही भिडिओजस्तै अन्य प्रयोगकर्ताहरूले पनि ‘मासुभात आयो’ भन्दै समान किसिमका सामग्री बनाएका छन् । अहिले भने नकारात्मक रूपमा प्रस्तुत गर्नुभन्दा पनि व्यवसायीहरूले भाइरल क्लिपलाई आफ्नो व्यापार बढाउने काममा प्रयोग गर्ने क्रम बढेको हो ।

 

images
प्रकाशित मिति :मंसिर १५, २०८२ सोमवार - ११:०७:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology