Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एमालेमा दलितको भोट चल्दैन भन्ने भ्रामक प्रचार हो : महासचिव शंकर पोख्रेल

एमालेमा दलितको भोट चल्दैन भन्ने भ्रामक प्रचार हो : महासचिव शंकर पोख्रेल

images

इच्छाकामना न्युज

१४, मंसिर २०८२
एमालेमा दलितको भोट चल्दैन भन्ने भ्रामक प्रचार हो : महासचिव शंकर पोख्रेल
images

सन्तोष दहित, दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले ‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार भइरहेको बताउनुभएको छ  ।

हालै विभिन्न सञ्चारमाध्यमहरूले एमालेको महाधिवेशनमा दलित सदस्यहरू भोटाधिकारबाट वञ्चित हुने भन्ने समाचार प्रकाशन भएपछि महासचिव पोख्रेलले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्नुभएको हो ।

उहाँको अनुसार एमालेको महाधिवेशनमा दलित र गैरदलित दुवै सदस्यले एउटै क्लस्टरमा रहेर भोट हाल्न पाउँछन् । “दलित र गैरदलित दुबैलाई त्यहाँ चुन्न र चुनिने अधिकार सुरक्षित छ,” पोख्रेलले लेख्नुभएको छ ।

तर उहाँका अनुसार दलित समावेशी क्लस्टरमा जानेहरूले भने दलित प्रतिनिधि चयनका लागि मात्र भोट हाल्ने व्यवस्था गरिएको हो । यो व्यवस्था एमालेले समावेशी सिद्धान्त लागू गरेदेखि नै रहेको उहाँले स्पष्ट गर्नुभएको छ ।

महासचिव पोख्रेलले भविष्यमा सबैले सबैका लागि भोट हाल्ने गरी दलित समावेशीताको नयाँ व्यवस्था गर्न सकिने विषयमा पार्टीमा असहमति रहनुपर्ने कुनै कारण नभएको समेत बताउनुभएको छ ।

images
प्रकाशित मिति :मंसिर १४, २०८२ आइतवार - ०९:२३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology