Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सल्लाघारीमा हुने

एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सल्लाघारीमा हुने

इच्छाकामना न्युज

१०, मंसिर २०८२
एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सल्लाघारीमा हुने
images

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा हुने तय भएको छ ।

images
images

यहि मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा गर्ने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

नेता गौतमका अनुसार काठमाडौँको भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि महाधिवेशनको उद्घाटन सत्र भक्तपुरमा गर्ने निर्णय भएको हो ।

महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डमा हुनेछ । महासचिव शंकर पोखरेल संयोजक रहेको एमाले महाधिवेशन सचिवालय समितिको बुधबार बसेको बैठकले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गर्ने तय गरेको हो ।

बैठकले पार्टीको महाधिवेशनको मुख्य नारा पनि तय गरेको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प: समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरेको प्रचार विभाग प्रमुख गौतमको भनाइ छ ।

 

images
प्रकाशित मिति :मंसिर १०, २०८२ बुधवार - १२:५१:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology