Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सिद्धगुफाभित्र नेपाल पत्रकार महासङ्घ तनहुँको बैठक

सिद्धगुफाभित्र नेपाल पत्रकार महासङ्घ तनहुँको बैठक

इच्छाकामना न्युज

१०, मंसिर २०८२
सिद्धगुफाभित्र नेपाल पत्रकार महासङ्घ तनहुँको बैठक
images

दमौली । नेपालकै ठूलोमध्येको सिद्धगुफाभित्र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको बैठक बसेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्धेश्यसहित शाखाको मंगलबार घुम्ती बैठक गुफाभित्र बसेको हो ।

images
images

जिल्लाभित्रका पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार गर्ने उद्धेश्यसहित शाखाले घुम्ती बैठकको आयोजना गर्ने निर्णय गरेको थियो । सोही बमोजिम शाखाको बैठक सिद्धगुफामा बसेको हो । बैठकले पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित सिद्धगुफाको सञ्चारमाध्यबाट प्रचारप्रसार गर्ने निर्णय गरेको शाखाका अध्यक्ष डिपी अधिकारीले जानकारी दिए ।

शाखाले यसअघि व्यास नगरपालिका–३ व्यासगुफा, आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी र म्याग्दे गाउँपालिका–६ मनपाङमा घुम्ती बैठक सम्पन्न गरिसकेको छ।

images
प्रकाशित मिति :मंसिर १०, २०८२ बुधवार - १२:३८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology