Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेपाल तमू विद्यार्थी छोंज धीं राष्ट्रिय पार्षद भेला पुस २६ र २७ मा चितवनमा हुने

नेपाल तमू विद्यार्थी छोंज धीं राष्ट्रिय पार्षद भेला पुस २६ र २७ मा चितवनमा हुने

इच्छाकामना न्युज

८, मंसिर २०८२
नेपाल तमू विद्यार्थी छोंज धीं राष्ट्रिय पार्षद भेला पुस २६ र २७ मा चितवनमा हुने

काठमाण्डौ । नेपाल तमू विद्यार्थी छोंज धीं को राष्ट्रिय पार्षद भेला चितवनमा हुने भएको छ । शनिबार काठमाण्डौमा बसेको केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैैठकले राष्ट्रिय पार्षद भेला आगामी पुस २६ र २७ गते चितवनमा गर्ने निर्णय गरेको हो । 

images

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर गुरुङको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष दिल गुरुङ र तमू विद्यार्थी छोंज धींका निवर्तमान अध्यक्ष विश्वराज गुरुङको आतिथ्यतामा बैठक बसेको हो । बैठकले उपमहासचिव अनिल गुरुङलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएको अध्यक्ष पवन गुरुङले जानकारी दिए ।

यस्तै बैठकले खोटाङका भिषण गुरुङ र तनहुँका सन्दिप गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरेको अध्यक्ष गुरुङले बताए । बैठकले संगठन विस्तारका लागि पूर्वपश्चिम अभियान संचालन गर्ने र ल्होसारको पूर्वसन्ध्यामा स्यौरा कार्यक्रम गर्ने निर्णय पनि गरेको उनले बताए । 

images
प्रकाशित मिति :मंसिर ८, २०८२ सोमवार - ११:१६:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology