Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्तीसोनारीको बाबा बर्फानी पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

राप्तीसोनारीको बाबा बर्फानी पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

इच्छाकामना न्युज

८, मंसिर २०८२
राप्तीसोनारीको बाबा बर्फानी पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक
images

नेपालगञ्ज। बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउँदा पर्यटक खुसी हुन थालेका छन् । जिल्लाका प्रसिद्ध पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसँगै पदयात्रा गर्नेको भीड लाग्न थालेको पर्यटन व्यवसायीले जनाएका छन् ।

images
images

बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको बाबा बर्फानी मन्दिर, गाईलेक, सन्तानेश्वर महादेवको मन्दिर,नरैनापुर गाउँपालिकमा रहेको गोवद्र्धन धाम र डुडुवा गाउँपालिकामा रहेको कम्मर शाह मन्दिर पदयात्राका लागि सबैभन्दा उत्तम मानिएको छ । यसमध्ये पनि प्रकृतिसँगै रमाउदै पदयात्रा गर्न राप्तीसोनारीको बाबा बर्फानी र सन्तानेश्वर महादेवको मन्दिर र नरैनापुरको गोवद्र्धन धाम अझ बढी आर्कषक रहेको नेपाल एसोसिएसन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले बताए ।

उनले यस बाहेक बाँके राष्ट्रिय निकुञ्जमा साइकिलिङ, हाइकिङ, जङ्गल वाक र जङ्गल सफारी गरेर यात्रालाई रोमाञ्चक बनाउन सकिने उल्लेख गरे । उनले भने “जिल्लामा यस्ता धेरै स्थान छन् जसको व्यवस्थापनबाट मात्रै पनि आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने बनाएर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।”

तराईको पहाड मानिएको महाभारत चुरे पहाडमा रहेको बाबा बर्फानीको मन्दिर पुगेर आउनुभएकी पुष्पा ज्ञवाली खनालले प्राकृतिक सुन्दरताले आफूलाई लोभ्याएको उल्लेख गर्दै आन्नद महसुस भएको बताए ।

उनले बाबा बर्फानी जाने बाटो आवतजावत गर्नका लागि भौतिक पूर्वाधारको विकास आवश्यक भएको भन्दै पदयात्रा रोमाञ्चक भएको अनुभव सुनाउए । गुल्मेली समाज, बाँकेका अध्यक्ष हरिलाल न्यौपानेले प्रकृतिसँगको सामिप्यताले मनमा फरक प्रकारको शान्ति मिल्ने उल्लेख गर्दै बाबा बर्फानी पदयात्राको उकालो ओरालो यात्राले शरीरमा थेरापीको कामसमेत गरेको बताए ।

पत्रकार विनय दीक्षितले सन्तानेश्वर महादेवको मन्दिर नरैनापुर गाउँपालिका–५ को मटेहिया चोकदेखि करिब १५ किलोमिटर उत्तरमा रहेको जानकारी दिँदै मन्दिर पुगेपछि शान्तिको अनुभूति हुने बताउनुभयो । उनले प्रकृतिको दृश्यावलोकनले रोमाञ्चक बनाउने उल्लेख गर्दै पदयात्राका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए ।

उनले भने, “सन्तानेश्वर महादेवको दर्शन गर्न आन्तरिक तथा भारतीय पर्यटकको घुइँचो नै लाग्छ र पर्यटक पदयात्रा गरेर पहाडमा रहेको मन्दिरमा पुग्छन् ।” अति रमणीय, सुन्दर अनि मनमोहक दृश्यले भरिपूर्ण गोवद्र्धनधाम क्षेत्रलाई पनि धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षिकत गर्न सकिन्छ । यस क्षेत्रलाई पनि पदयात्राका लागि चयन गर्न सकिने र यसबाट भरपुर आनन्द प्राप्त हुने पत्रकार दीक्षितको भनाइ छ ।

नेपालगञ्जदेखि करिब ३८ किलोमिटर पूर्व नरैनापुर पुगेर नरैनापुरको वडा ४ जयारामपुरुवाबाट उत्तर ५ किलोमिटर अगाडि जङ्गलको बीचमा गोवद्र्धनधामको मन्दिर छ । नरैनापुरसम्म चारपाङ्ग्रे सवारीसाधन र नरैनापुरबाट मोटरसाइकलको प्रयोग गरी सो स्थलमा पुग्न सकिने बताइएको छ ।

गोवद्र्धनधाम क्षेत्रको पूर्वमा धार्मिक पर्यटकीयस्थल बर्फानी बाबाको आश्रम र पश्चिममा प्रसिद्ध सन्तानेश्वर मन्दिर छ । नरैनापुर क्षेत्रको पहाडी भूभाग र राप्ती नदी किनारक्षेत्रमा विभिन्न मठमन्दिर छन् । यस बाहेक पनि बाँकेमा धेरै पर्यटकीय क्षेत्र छन् जहाँ छोटो समय बिताएर पनि पर्यटकले सन्तुष्टी प्राप्त गर्न सक्छन् ।

 

images
प्रकाशित मिति :मंसिर ८, २०८२ सोमवार - ०८:४४:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology