Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

बिना गल्ती हामीलाई जिस्क्याए जहाँ अवरोध, त्यहाँ प्रतिरोध हुन्छः एमाले नेता महेश बस्नेत

बिना गल्ती हामीलाई जिस्क्याए जहाँ अवरोध, त्यहाँ प्रतिरोध हुन्छः एमाले नेता महेश बस्नेत

images

इच्छाकामना न्युज

४, मंसिर २०८२
बिना गल्ती हामीलाई जिस्क्याए जहाँ अवरोध, त्यहाँ प्रतिरोध हुन्छः एमाले नेता महेश बस्नेत
images

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पार्टी र संगठनमाथि बिना कारण अवरोध सिर्जना गरिए प्रतिवाद गर्ने चेतावनी दिएका छन्। बिहीबार रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा अनेरास्ववियुद्वारा आयोजित भलिबल प्रतियोगिताको फाइनल खेललाई सम्बोधन गर्दै नेता बस्नेतले बाराको घटनालाई लिएर यस्तो अभिव्यक्ति दिएका हुन्।

लोकतान्त्रिक पद्धतिमा आलोचना र विरोध स्वीकार्य हुने तर नियोजित अवरोध मान्य नहुने बताउँदै बस्नेतले भने, ‘हामी आलोचना सहन्छौं, तर बिना गल्ती हामीलाई अवरोध गरिन्छ भने-‘जहाँ अवरोध त्यहाँ प्रतिरोध हुन्छ’ भन्ने सिद्धान्त बोकेर हामी अघि बढ्छौं।’बुधबार बारामा आफू सहभागी हुने कार्यक्रममा भएको अवरोधतर्फ संकेत गर्दै उनले एमालेका युवा र विद्यार्थीहरूलाई अराजकताविरुद्ध डटेर सामना गर्न निर्देशन समेत दिए।

‘कुनै पनि दल वा समूहलाई अवरोध गर्ने अधिकार कसैलाई छैन,’ उनले भने, ‘बाटो छेक्ने र कार्यक्रम बिथोल्ने जस्ता अराजक गतिविधि गर्नेहरूलाई हामी छोड्दैनौं।’ सम्बोधनका क्रममा बस्नेतले पछिल्लो समय उठेको जेन-जी आन्दोलन र सामाजिक सञ्जालका अभियानहरूमाथि पनि तीखो टिप्पणी गरे। उनले एमाले र केपी ओलीविरुद्ध सामाजिक सञ्जालमा ’म्यानुपुलेसन’ भइरहेको दाबी गरे।

‘सामाजिक सञ्जालमा अहिले सूचनाको प्रदूषण छ,’ उनले भने, ‘यहाँ मिसन असफल पार्न खोज्नेहरूलाई दानवीकरण र आफ्ना मान्छेलाई देवत्वकरण गर्ने खेल भइरहेको छ। हामीले यो भ्रमलाई चिर्नुपर्छ।’ उनले मंसिर २३ को आन्दोलनका एजेण्डाहरू सुशासनको पक्षमा भए पनि त्यसलाई अराजकता फैलाउने माध्यम बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाए।

साथै, कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिको प्रसङ्ग कोट्याउँदै बस्नेतले केपी ओली नेतृत्वको सरकारले गरेका पूर्वाधार विकासका कामहरूलाई ओझेलमा पार्न खोजिएको गुनासो गरे। उनले भने, ‘अहिले मैदानमा एनपिएल सुरु भएको छ, फ्लड लाइट जडान भएको छ। यो भिजन र बजेट केपी ओलीकै पालामा सुनिश्चित भएको हो भन्ने कुरा युवाहरूले बिर्सनु हुँदैन।’

विद्यार्थीहरूलाई हौसला दिँदै उनले शैक्षिक थलोलाई प्राज्ञिक र अनुशासित बनाउन आग्रह गरे। कुनै पनि अराजक दल वा समूहको उक्साहटमा नलाग्न आग्रह गर्दै उनले भने, ‘तपाईंहरूको खेल र अनुशासनले देशको गौरव बढाउँछ, कसैको बहकाउमा नलाग्नुहोस्।’

images
प्रकाशित मिति :मंसिर ४, २०८२ बिहिवार - २०:५०:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology