Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

एमाले सचिवालय बैठक बस्दै, के-के छन् छलफलका एजेण्डा ?

एमाले सचिवालय बैठक बस्दै, के-के छन् छलफलका एजेण्डा ?

images

इच्छाकामना न्युज

४, मंसिर २०८२
एमाले सचिवालय बैठक बस्दै, के-के छन् छलफलका एजेण्डा ?
images

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकले महाधिवेशन सम्बन्धी निर्णय गर्ने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुँदैछ ।

यसका लागि एमालेले मंसिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्दैछ । त्यसबाहेक पार्टीले शनिबार काठमाडौँमा गर्ने प्रदर्शनबारेमा समेत बैठकमा छलफल हुने छ । एमालेले प्रतिनिधिसभा पुनः स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने निर्णय गरेको छ ।

images
प्रकाशित मिति :मंसिर ४, २०८२ बिहिवार - ०९:१३:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology