Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सिराहामा डाँका समूहको गोली प्रहारबाट बुबा–छोरा गम्भीर घाइते

सिराहामा डाँका समूहको गोली प्रहारबाट बुबा–छोरा गम्भीर घाइते

इच्छाकामना न्युज

३, मंसिर २०८२
सिराहामा डाँका समूहको गोली प्रहारबाट बुबा–छोरा गम्भीर घाइते
images

जनकपुरधाम । सिराहामा डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् । सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो गम्भीर घाइते भएका हुन् ।

images
images

दुवै जनालाई छातीमा गोली लागेको सिराहाका प्रहरी प्रवक्ता डीएसपी रमेश बहादुर पालले जानकारी दिए । दुवै जनालाई उपचारका लागि विराटनगर लगिएको छ ।

डीएसपी पालका अनुसार मध्यराति आएका डाँका समूहले लुटपाट गर्न खोजेको भन्दै प्रतिकार गर्न खोज्दा गोली प्रहार भएको थियो ।

images
प्रकाशित मिति :मंसिर ३, २०८२ बुधवार - १०:५४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology