Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

व्यवसायी मीनबहादुर गुरुङ उत्कृष्ट करदाता, सरकारद्वारा सम्मानित

व्यवसायी मीनबहादुर गुरुङ उत्कृष्ट करदाता, सरकारद्वारा सम्मानित

इच्छाकामना न्युज

२, मंसिर २०८२
व्यवसायी मीनबहादुर गुरुङ उत्कृष्ट करदाता, सरकारद्वारा सम्मानित

काठमाडौं । कर दिवसको अवसरमा भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्ट स्टोर प्रा.लि.का सञ्चालक मीनबहादुर गुरुङलाई सरकारले उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ । आज (सोमबार) आयोजित कार्यक्रममा सरकारले गुरुङसहित उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।

images

आर्थिक वर्ष २०८१/८२ मा वस्तु व्यापारको कारोबारतर्फ भाटभटेनी सबैभन्दा बढी कर तिर्ने व्यवसायिक फर्म बनेको छ । उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका गुरुङले भाटभटेनीले कमाउने मात्रै नभएर दान पनि गर्ने बताए । हामीहरुले तिरेकै करबाट देशको विकास हुने भन्दै उनले यसले सबैलाई फाइदा पुग्ने धारणा राखे ।

‘जति सक्छौँ तिरौँ भन्ने लाग्छ र हामीले तिरेको करबाटै देश बन्ने हो । आखिर घुमेर त्यसको फाइदा हामीलाई नै हुने हो । म कोहीबाट लिन्नँ, दिन्छुमात्रै । भाटभटेनीले कमाउँदैन यसले दान गर्छ,’– उनले भने ।

images
प्रकाशित मिति :मंसिर २, २०८२ मंगलवार - १०:३७:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology